गोकुलगंगाका प्रमुख प्रशासकीय अधिकृत यादव भन्छन् ‘आगामी वर्षमा १०० % जनताको घरमा खानेपानी पुग्छ, मुख्य सडक जोड्ने सबै सडक सम्पन्न पार्छौँ’ (भिडिओ)

| फागुन १७, २०८० बिहिबार

A A A
A A A

१७ फागुन, रामेछाप । गोकुगलंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले आगामी वर्षभित्रमा पालिकामा शतप्रतिशत खानेपानी सुविधा पुग्ने जिकिर गरेका छन् । उनले भने ‘अहिले ८५ प्रतिशत जनताको घरधुरीमा खानेपानी पुगिसकेको छ । बाँकी १५ प्रतिशत मध्यमा यो वर्ष ७ देखि ८ प्रतिशतको घरमा पुग्छ र बाँकी आगामी आर्थिक वर्षमा शतप्रतिशत पूरा हुन्छ ।’

 

पालिकाबाट संचालन भएका सबै विकास निर्माणका कामहरू गुणस्तरीय बनेको दाबी गर्दै असारे विकासलाई तोडेर वैशाख भित्रै सबै योजनाका कामहरू सक्ने गरी काम भइरहेको बताए । ‘हामीले समिति मार्फत गरिरहेका सबै काम सक्नको लागि वैशाख भरी मात्रै समय दिएका छौँ ।’ 

 

आगामी आर्थिक वर्षमा विशेष गरी मुख्य सडकसँग जोडिएका भित्र सडकहरूलाई वडा कार्यालय, अस्पताल, विद्यालहरुलाई सहजै जोड्ने गरी पूर्णता दिने गरी योजना अगाडि बढिरहेको प्रस्ट पार्दै आगामी आ.व.मा ६ वटै वडा सम्मका सडकहरू व्यवस्थित (१२ महिना चल्ने) गरी बन्ने योजना रहेको जानकारी गराए । 

 

बुधवार रामेछाप टाइम्ससंगको कुराकानीमा प्रमुख प्रशासकीय अधिकृत यादवले पालिकामा भौतिक प्रगति देखिए पनि वित्तीय प्रगति नदेखिनुमा लेखा प्रशासनका कर्मचारी नहुँदा समस्या भएको बताए । ‘लेखाको कर्मचारी हाम्रो आवश्यक पर्दा हेर्नु भए । तर, अब प्रदेश सरकारले कर्मचारी पठाइ सकेको छ । अब ‘दायित्व सिर्जना भएका खर्च चाँडै हुन्छ, यसले खर्च धेरै बढ्छ ।’

 

चालु आर्थिक वर्षमा दुई सय ३७ वटा योजनाहरू मध्ये २ सय भन्दा बढी स्थानीयहरूकै प्रत्यक्ष सहभागितामा संचालन गरिएकाले उनीहरूले काम पनि पाएको र स्थानीय संरचना पनि गुणस्तरीय बनेको उनको तर्क छ । 

 

आगामी आवबाट यी विषयलाई समावेश गरेर सुधार गर्छौँ ।’ 

 

५३ वटा योजनाको भुक्तानी समेत भइसकेको बताउँदै पालिकाको प्रशासकीय भवनको निर्माणको काम तीव्र गतिमा भइरहेको बताए । ‘पालिकाको लागतमा बनेका योजनाहरूमा गुणस्तरमा हामीले ‘कम्प्रमाइज’ गरेका छैनौँ ।

 

बहुवर्षिय योजनाहरू बाहेक अन्य योजनाहरू तोकिएको समयमा सम्पन्न भइरहेको भन्दै कुनै पनि योजनाहरू अलपत्र अवस्थामा नरहेको बताए । 

 

लिजाको विवरण माथिल्लो निकायमा पठाउन केही ढिला भएको कारण पछाडि परेको प्रस्ट पार्दै आगामी दिनमा सुधार गर्न लागि सकेको बताए । आफूहरूले काम गरेको तर डकुमेन्टेसनमा चुचेका हौँ । 

 

विद्यालय सुधारको लागि तल्लो तहमा एक कक्षा थप सहित अङ्ग्रेजी माद्यममा पठनपाठन गरिरहेको प्रस्ट पार्दै स्वास्थ्य सुधारको लागि भर्खरै सबै वडामा आँखा शिविर सम्पन्न गरेको र शिविरमा पत्ता लागेका २२ जना मोतिया बिन्दु रोगीहरूको पालिकाकै खर्चमा उनीहरू सबैको मोतिया बिन्दु समेत अप्रेसन सफल गराइदिएको बताए । 

 

वित्त आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा गोकुलगंगा केही पछि देखिनुमा डकुमेन्टेसनमा पछि परेको स्वीकार गर्दै आगामी दिनमा त्यो सुधार गर्ने प्रतिबद्ध जनाए । ‘केही काम हामीले गरे पनि माथि पठाउन ढिला हुनु । मद्यकालीन योजना नहुँदा समस्या भएको हो । आगामी आवबाट यी विषयलाई समावेश गरेर सुधार गर्छौँ ।’ 

 

पालिकाले कृषिमा अनुदान दिनको लागि नीति र विधि तयार पारिरहेको प्रष्टयाउँदै त्यसको लागि वास्विकता लिन तथ्याङ्क संचालन लिन घर नम्बर लिने राख्ने काम भइरहेको जानकारी  दिए । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));