रामेछाप सेलेघाटमा बाेलेराे दुर्घटना, एक गम्भीर सहित तीन जना घाइते

| बैशाख २४, २०८१ सोमबार

A A A
A A A

२४ वैशाख, रामेछाप । रामेछाप सेलेघाटमा बाेलेराे दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको छ । 

 

मन्थली नगरपालिका वडा नं ६ भलुवाजाेर स्थित सेलेघाटबाट खुर्काेट तर्फ जाँदै गरेकाे बा १८ च ६१४७ नम्बरको बाेलेराे एक्कासि दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हाे । 


चालक सहित तीन जना सवार सुनकाेशी मरिण डाइभर्सन आयाेजनाकाे बाेलेराे दुर्घटनामापरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रवक्ता रञ्जन गिरीले रामेछाप टाइम्सलाई बताए । 

 

पटेल रमण कन्ट्रक्सनकाे गाडी खाना लिएर आयाेजना स्थलतर्फ जाँदै गर्दा सडकबाट पल्टिँदा परिचय खुल्न बाँकी ३ घाइते भएकाे सेलेघाट ट्राफिक चाेकीका एक प्रहरी अधिकारीले रामेछाप टाइम्सलाई बताए । 


घाइतेहरुकाे खुर्काेट स्थित शुभजिवन अस्पतालमा उपचार भइरहेको र तीनै जना बाेेल्न सक्ने अवस्थामै रहेको ती प्रहरी अधिकारीकाे भनाइ छ । 

 

गाडी सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको छ ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));