रामेछापको आरुबोटेमा मोटरसाइकल दुर्घटना : तीन जना स्वास्थ्यकर्मी घाइते

| बैशाख २५, २०८१ मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२५ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं  १३ फुलासी स्थित आरुबोटेमा ब्रेक फेल भएर मोटरसाइकल दुर्घटना हुँदा तीन जना स्वास्थ्यकर्मी घाइते भएका छन् । घाइते सबै जना दोलखामा कार्यरत स्वास्थ्यकर्मी हुन् । 

 

घाइते हुनेमा मोटरसाइकलका चालक सर्लाहीको गोठेटा नगरपालिका वडा नं २ वेलुवाजदी घर भई दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं ६ को स्वास्थ्य चौकी इन्चार्ज २५ वर्षीय हरेन्द्र बैठा रहेका छन् । 

 

त्यस्तै गुल्मी घर भई दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं २ को स्वास्थ्य चौकी इन्चार्ज २१ वर्षीय मनिष पन्थीको र सर्लाहीको बरखवा नगरपालिका वडा नं १५ टिपरभित्ता घर भई मेलुङ्ग गाउँपालिका वडा नं१ को स्वास्थ्य चौकी इन्चार्ज २४ वर्षीय उजित ठाकुर रहेका छन् । 

 

घाइते तीनै जनाको तत्काल उद्दार गरी दोलखा किर्नेटार स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो । 

 

 

घाइते तीनै जना स्वास्थ्य इन्चार्जहरूको अवस्था मध्यम रहेको खिम्ती प्रहरीले जनाएको हो । फुलासीबाट दोलखा तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–००७ प ३८७४ नम्बरको मोटरसाइकल ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको हो । 

 

दुर्घटनामा परेको मोटरसाइकल र चालकलाई रामेछाप प्रहरीले नियन्त्रणमा लिएको रामेछाप प्रहरीले बताएको हो । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));