रामेछापको मन्थली–२ की रुनिसा बस्नेतले भारतीय खेलाडीलाई हराउँदै नेपाललाई जिताइन् गोल्ड मेडल

| मंसिर १८, २०८० सोमबार

A A A
A A A

१८ मंसिर,रामेछाप । रामेछापको मन्थली नगरपालिकाकी खेलाडी रुनिसा बस्नेतले भारती खेलाडीलाई हराउँदै नेपाललाई गोल्ड मेडल जिताएकी छन् । 

 

 

नगरपालिकाको वडा नम्बर २ टेकानपुर बस्ने आकार बस्नेतकी छोरी रुनिसाले भारतमा भएको तेस्रो अन्तर्राष्ट्रिय खुल्ला  तेक्वान्दो प्रतियोगिता २०२३ को यू–४५ समूहमा भारतीय खेलाडीलाई हराउँदै नेपाललाई गोल्ड मेडल जिताएकी हुन्  ।

 

आफ्नो वडाका रुनिसाले नेपाललाई गोल्ड मेडल जिताएकोमा वडा नं २ का वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले खुसी व्यक्त गर्दै सफलताको शुभकामना सहित बधाई दिए ।  

 

तस्बिर स्रोतः मनपा २ वडा कार्यालय फेस्बुका ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));