कलेजो ट्रान्सप्लान्टका लागि रामेछापको लिखु तामाकोशीका विकको परिवारद्वारा सहयोगको अपिल

| चैत ३०, २०८० शुक्रबार

A A A
A A A

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका ७ तिल्पुङका ङने विश्वकर्माले उपचारका लागि आर्थिक सहयोगको लागि अपिल गरेका छन् । कलेजोमा खराबी आएपछि विश्वकर्माको अहिले किस्ट हस्पिटलमा उपचार गराइरहेका छन् । 

 

कलेजोमा खराबी आएर काम गर्न छाडेपछि ट्रान्सप्लान्ट गर्नुको विकल्प नभएको चिकित्सकले सल्लाह दिएको उनको भनाई छ । 

 

कलेजो ट्रन्स्प्लान्टको लागि ठुलो रकम आवश्यक पर्ने भएकाले आर्थिक सहयोग गरिदिनुहुन पीडित विश्वकर्माले सबैलाई आग्रह गरेका हुन । कलेजो आफ्नै परिवारका सदस्यले  उपलब्ध गराए पनि ट्रान्सप्लान्टका लागि झन्डै ४० लाख आवश्यक पर्ने अस्पतालले जनाएको छ । उक्त रकम जुटाउन नसक्दा ट्रान्सप्लान्ट गर्न नसकिएको पारिवारिक सदस्यले जनाएका छन् । 

 

आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गर्न विश्वकर्माले अपिल गरेका हुन् । करिब १ वर्ष अघिदेखि कलेजोको रोगको उपचार गराइरहेका विश्वकर्मा अहिले निक्कै पीडामा छन् । 

 

उनका १ देखि १२ कक्षा अध्ययन गर्दै गरेका ४ चार जना छोराछोरी छन् । परिवारमा कमाउने आफू एक्लो भएको र ६ महिनादेखि बिरामी पर्दा आफ्ना छोराछोरीको स्कुलको शुल्क समेत तिर्न नसकेको विश्वकर्मा सुनाए । 

 

शुल्क तिर्न नसक्दा विद्यालयले  परीक्षाबाटै वञ्चित गरेको र आग्रह पश्चात् विद्यालयले परीक्षा दिन दिए पनि आफ्नो बहिनीको रिजल्ट नदिएको विश्वकर्माकी छोरी पवित्रा बताउँछिन् । आफ्नो समेत १२ कक्षाको अन्तिम परीक्षा नजिकिएको तर अझै ११ कक्षादेखि कै शुल्क तिर्न नसकेकाले परीक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आएको पवित्राले सुनाइन् । 

 

अहिले उनलाई आफ्नो पढाई भन्दा पनि बुबाको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताएको छ । बुबाको उपचारको लागि सहयोग गरिदिन उनले सवैसँग आग्रह गरेकी छिन ।

 

उनले सहयोग गर्न चाहने (सहयोगी मनहरू) ले लुम्बिनी विकास बैङ्कमा (Pabitra Rasaili) को खातानम्बर ०६५१३०२०३१००७८०००००१ (06513020310078000001) मा सहयोग गर्न सक्नु हुने छ ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));