वनबाट सल्किएको आगोले घरगोठ जल्न थालेपछि जोगाउन जाँदा जलेर रामेछापको गेलुमा ससुरा बुहारी घाइते, काठमाडौँ लगियो

| बैशाख १७, २०८१ सोमबार

फाइल फोटो ।
A A A
A A A

१७ वैशाख, रामेछाप । रामेछापको मन्थलीमा आगोलागिमा परी एकै घरका दुई जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी काठमाडौँ लगिएको छ । 

 

सोमबार दिउँसो वनबाट सल्किएको आगो घरमा समेत लाग्दा नाताले ससुरा बुहारी पर्ने जलेर घाइते भएका हुन् । घाइते हुनेमा मन्थली नगरपालिका वडा नं ११ गेलु नाटिलाका बलबहादुर लो (तामाङ) र बुहारी नाता पर्ने बस माया तामाङ रहेको सोही वडाका वडा अध्यक्ष भीमबहादुर थापा मगरले रामेछाप टाइम्सलाई बताए । 

 

अध्यक्ष थापा मगरका अनुसार जङ्गलबाट सल्किएको आगो घर गोठमा समेत लाग्न थालेपछि गोठमा रहेको भैँसी फुकाउन जाँदा उनीहरूलाई आगोले पोलेको हो । भैँसी पनि आगोलागिले जलेको छ । 

 

उनीहरूको शरीरको विभिन्न भाग जलेको छ । घर गोठ पनि सल्किएको आगोले जलेको छ । आगो स्थानीयहरूको सहयोगमा नियन्त्रणमा लिएको वडा अध्यक्ष थापा मगरले बताए । ‘पूरै नियन्त्रणमा आउन बाँकी छ ।’

 

‘बुहारीको अलि गम्भीर रहेको छ । ससुराको अवस्था सामान्य रहेको छ । हामीले उद्धार गरी कीर्तिपुर अस्पताल पठाएका छौँ’ अध्यक्ष थापा मगरले भने ।

 

आगोले जलेपछि उनीहरूलाई उद्धार गरी मन्थली अस्पतालमा ल्याइएको थियो । मन्थली अस्पतालमा सामान्य उपचारपछि थप उपचारको उनीहरूलाई काठमाडौँ लगिएको मन्थली अस्पतालले रामेछाप टाइम्सलाई बतायो ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));