रामेछापको मन्थलीमा अवैधानिक रूपमा संचालित दिपसन फार्मेसी र साकुरा मेडिकल हल रामेछाप प्रशासन बन्द गर्‍यो

नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड् गरेको पुष्टि

| बैशाख १९, २०८१ बुधबार

फाइल फोटो ।
A A A
A A A

१९ वैशाख, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीमा अवैधानिक रूपमा संचालनमा रहेका दुई वटा औषधि पसल बन्द गरेको छ । नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने गम्भीर लापरबाही भेटिएपछि अस्पतालहरू तत्काल बन्द गरिएको हो । 

 

मंगलबार जिल्लामा संचालित विभिन्न औषधी पसलहरूमा अनुगमन एवं निरीक्षण गर्दा मन्थली नगरपालिका वडा नं १ मा संचालित दिपसन फार्मेसी र मन्थली मै संचालित साकुरा मेडिकल हलले अनुमति नलिएका औषधिहरू बिक्री वितरण गरेको, सञ्चय गरेको लगायतका कैफियत भेटिएपछि कुनै पनि कारोबार गर्न र पसल खोल्न रोक लगाएको प्रशासनका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत प्रकाश प्रधानले जानकारी दिए । 

 

प्रशासनले दिएको जानकारी अनुसार दिपसन फार्मेसीले दर्ता नभएको (scalp lotion (permethrin 5%), sket shampoo सञ्चय गरेको, सम्बन्धित व्यवसायी फार्मेसीमा नभएको, व्यक्तिको नाममा दर्ता रहेको फार्मेसीमा Tramadol injection सञ्चय गरेको र oxytocin injection फ्रिज बाहिर सञ्चय गरेको जस्ता लापरबाही गरेको पाइएको जनाएको हो । स्वास्थ्य जस्तो संवेदनशील कुरामा लापरबाही गरेको भन्दै प्रशासनले दिपसनलाई औषधी ऐन, २०१५ को दफा २० को उपदफा ४ (क) बमोजिम उक्त पत्र बुझेको मितिले ३५ दिन बन्द (निलम्बन) गर्दै कुनै पनि कारोबार गर्न र पसल खोल्न रोक लगाएको हो 

 

त्यस्तै साकुरा मेडिकल हल पनि दर्ता नभएको canzid (clotrimazole) powder, scalp lotion सञ्चय गरेको Spasmo, Pregabalin औषधीहरू बिक्री गरिसकेको (secondary packaging material) हरू फोहोर फाल्ने कार्टुन हेर्दा १२ थान देखा परेको जस्ता लापरबाही गरेको भन्दै औषधी ऐन, २०१५ को दफा २० को उपदफा ४ (क) बमोजिम उक्त फार्मेसीलाई पत्र बुझेको मितिले २१ दिन बन्द गर्दै कुनै पनि कारोबार गर्न र पसल खोल्न रोक लगाएको जनाएको छ । 

 

सूचना अधिकारी प्रधानले जारी गरेको पत्रमा ‘यस प्रकारका र अन्य गैर कानुनी व्यापार व्यवसाय तथा कारोबार नगर्न नगराउनु हुन सबैमा सचेत गराउँदै’ चेतावनी सहित भनिएको छ ‘कसैले उपभोक्ता हित विपरीतका कार्य गरे गराएको पाइएमा थाहा पाउने जो सुकैले जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, सम्बन्धित गाउँपालिका/नगरपालिका एवं जिम्मेवार निकायमा जानकारी गराइदिनु ।’

 

यो हेर्नुहोस् रामेछाप प्रशासनको पत्र ?

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));