रामेछापबाट काठमाडौँ जाँदै गरेको इलेक्ट्रिक गाडी धुलिखेलमा दुर्घटना, ६ वर्षीय बालिका सहित ६ जना घाइते

| बैशाख २२, २०८१ शनिबार

A A A
A A A

२२ वैशाख, रामेछाप । रामेछापबाट काठमाडौँ जाँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । 

 

शनिवार मन्थलीबाट काठमाडौँ  जाँदै गरेको नम्बर खुल्न बाँकी इलेक्ट्रिक गाडी (इभी) दुर्घटना हुँदा ६ जना घाइते काभ्रे प्रहरीले जनाएको हो । आज दिउँसो २ बजे बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा ईभी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको हो । 

 

दुर्घटनामा मन्थली नगरपालिका वडा नं ८ चिसापानी बस्ने २८ वर्षीय श्रवढा कुमार माझी, उनकी श्रीमती ३५ वर्षीय शर्मिला माझी, छोरी ३ वर्षीय सोडिमा माझी, भाइ आशिष् माझी, सोही ठेगाना भएकी ६ वर्षीय मनीषा माझी र १६ वर्षीय सचिता गिरी घाइते भएको प्रहरीले बताएको छ । 

 

घाइते ६ जनाकै धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ। दुर्घटनामा परेको गाडीका चालक रामेछाप नगरपालिका–५  मीन बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

प्रहरीका अनुसारमा ईभीको छतमा राखेर लगिएको एउटा खसी भने मरेको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));