रामेछापको टारबारीमा एक पुरुष मृत भेटिए

| बैशाख २३, २०८१ आइतबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२३ वैशाख, रामेछाप । रामेछापको सुनारपानीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । मन्थली ५ सुनारपानी स्थित टारबारी भन्ने स्थानमा गए राति ९ बजे उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

मृत भेटिनेमा ‘सन्दीप’ भनेर चिनिने अन्दाजी ३८ वर्षीय निरबहादुर रोक्का रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रवक्ता रञ्जन गिरीले रामेछाप टाइम्सलाई बताए । ‘शवलाई पोस्ट मार्टमको लागि मन्थली अस्पतालमा राखिएको छ । घटना त्यस्तो शङ्कास्पद देखिएको छैन । मृतले मद्यपान सेवन गर्ने गरेको पाइएको छ ।’

 

 

रोक्काको शव स्थानीयहरूले देखेपछि शनिवार अबेर प्रहरीले खबर आएको प्रहरी निरीक्षक गिरीको भनाई छ । अहिले मृतकको पोस्ट मार्टम गर्ने तयारी भइरहेको प्रहरीको भनाई छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));