रामेछाप अस्पताल परिसरमा लागेको आगो नियन्त्रणमा आयो, ठुलो क्षतिबाट जोगियो

| बैशाख २०, २०८१ बिहिबार

A A A
A A A

२० वैशाख, रामेछाप । रामेछाप डाँडा स्थित रामेछाप अस्पताल परिसरको जंगलमा राति एक्कसी लागेको डढेलो नियन्त्रणमा आएको छ । अस्पताल परिसरमा आगो पुगेपछि कोलाहल मच्चिएको थियो । 

 

बुधवार राति अन्दाजी ८ ः ३० बजेको समयमा अस्पतालको अक्सिजन प्लान्ट नजिकैबाट सल्ला घारीमा आगो तीव्र रूपमा सल्किएपछि जिल्ला अस्पताल जोखिममा परेको थियो । 

 

राति नै मन्थली नगरपालिकाबाट गएको दमकल,स्थानीय, अस्पतालका कर्मचारीहरू, नेपाली प्रहरी, नेपाली सेना, डिभिजन वन कार्यालयका कर्मचारी सहित १०० जना भन्दा बढीको सक्रियतामा झण्डै २ घण्टा पछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको रामेछाप अस्पतालका सूचना अधिकारी रवीन्द्र चौधरीले रामेछाप टाइम्सलाई बताए । 

 

 

‘राति १० ः ३० बजेतिर नियन्त्रणमा लिएका हौँ । अहिले सुरक्षित छ । सबैको सहयोगमा कुनै क्षति हुन पाएन’ सूचना अधिकारी चौधरीले प्रष्ट पार्दै भने । जिल्लामा झण्डै एक महिनामा ३७ स्थानमा आगलागीका घटना भएको छ । 

 

बुधवार सम्म आगलागीबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ । भने, आगोलागिबाट जिल्लाका अधिकांश स्थानका वन सखाप भएका छन् । 

 

यो हेर्नुहोस् रामेछापका कुन-कुन स्थानमा आगोलागि भएको छ ?

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));