नेकपा एमाले रामेछापको ९ औँ जिल्ला अधिवेशन आजदेखि, अध्यक्षमा यी हुन चार आकांक्षि

| बैशाख २६, २०८१ बुधबार

नवाैं जिल्ला अधिवेशनकाे तयारीको लागि वर्तमान कार्यसमितिको अन्तिम बैठक पछि नेता कार्यकर्ताहरु, तस्बिर स्रोत आनन्द श्रेष्ठ ।
A A A
A A A

२६ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापको ९ औँ जिल्ला अधिवेशन आज बुधवारदेखि मन्थलीमा सुरु हुँदै छ । बुधवार माद्यान्न १२ बजे मन्थली तीनलाल पार्कमा आठ वटै स्थानीय तहबाट छनोट भएका ७ सय प्रतिनिधिसहित एक हजार हाराहारीमा नेकपा एमालेका नेता, कार्यकर्ताको सहभागितामा पार्टी केन्द्रीय उपाध्यक्ष एवं पूर्व उपप्रधान मन्त्री समेत रहेका विष्णु पौडेलले उद्घाटन गर्दै छन् । 

 

आज उद्घाटन कार्यक्रम सके लगत्तै बन्द सत्रको कार्यक्रम प्रारम्भ हुने जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । ‘हाम्रो सेडूल अनुसार आज उद्घाटन गर्ने, भोलि १० बजे सम्म सहमतिको प्रयास गर्ने र नभए निर्वाचनको कार्यक्रम तर्फ लाग्ने छ ।’

 

अधिवेशनमा भूगोल र विभागबाट गरी कूल ६ सय ६७ जना र ३३ जना मनोनीत प्रतिनिधिहरूले सहभागिता जनाउँदै छन् । 

 

एमालेको पार्टी विधान अनुसार एक अध्यक्षसहित, उपाध्यक्ष, सचिव, उप–सचिव दुई जना मध्ये एक जना महिला अनिवार्य हुने गरी पाँच जना पदाधिकारी सहित ९० जना सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने प्रावधान रहेको अध्यक्ष श्रेष्ठले बताए । 

 

जिल्ला अधिवेशनको लागि ११ औँ जिल्ला कमिटीको बैठकले निर्णय गर्दै तयारी समेत पूरा भएको अध्यक्ष श्रेष्ठले प्रस्ट पारे । स्रोतका अनुसार एमाले रामेछापले यो पटक पनि विगतको जस्तै अध्यक्ष बाहेकका पदमा मतदानबाट नेता छनोट गर्दै छ । 

 

अध्यक्ष पदको लागि हालसम्म चार जनाले आकांक्षि रहेको बुझिएको छ । हाल पार्टी उपाध्यक्ष रहेका इन्द्र तामाङ, सचिव रहेका पुरुषोत्तम कडरीया, खाँडादेवी गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका प्रदेश समिति सदस्य प्रेम तामाङ, र पूर्व प्रदेश समिति सदस्य रहेका उद्धव कडरीया जिल्ला अध्यक्षको आकांक्षि रहेका छन् । ‘हामी सहमतिमा अगाडी जान्छौँ ।’

 

जिल्ला कमिटी रामेछापले अधिवेशनको लोगो, व्यवस्थापनको कार्य लगाएत यस अगाडिनै सार्वजनिक गरिसकेको छ । 

रामेछाप टाइम्स
| बैशाख २४, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));