आज रामेछापसहित बागमती प्रदेशभर सार्वजनिक बिदा

| बैशाख २४, २०८१ सोमबार

A A A
A A A

२४ वैशाख, रामेछाप । सोमबार (आज) रामेछाप सहित बागमती प्रदेशका १३ जिल्लामा सार्वजनिक बिदा दिइएको छ । 

 

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौँडाले गत वैशाख २० गते राजपत्रमा सूचना प्रकाशन गर्दै प्रदेशको यही वैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गर्ने भन्दै प्रदेश भर बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । 

 

राजपत्रमा जारी सूचनामा भनिएको छ ‘वैशाख २४ गते सोमबार बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा ।’ 

 

योसँगै आजदेखि प्रदेशमा तामाङ र नेपाल भाषा कामकाजी भाषाको रूपमा लागू हुने भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाषा लागू भएको घोषणा गर्ने तयारी रहेको बताइएको छ । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));