एमाले रामेछापको अध्यक्षको लागि पूर्व जनप्रतिनिधि तामाङ र सचिव कडरीयासहित ४ जनाको दाबी

| बैशाख २६, २०८१ बुधबार

A A A
A A A

२६ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्षको आकांक्षिमा चार जना देखिएका छन् । बुधवार आजदेखि सुरु हुँदै गरेको जिल्ला अधिवेशनबाट जिल्लाको पार्टी नेतृत्व गर्नको लागि पूर्व जनप्रतिनिधिसहित हालका उपाध्यक्ष सम्मले दाबी गरेका हुन् । 

 

बुधवार दिउँसो मन्थली तीनलाल पार्कमा ७ सय प्रतिनिधिसहित एक हजार हाराहारीको उपस्थितिमा पार्टी केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्दै छन् । लगत्तै बन्द सत्रको कार्यक्रम सुरु हुने नेकपा एमाले रामेछापले जनाएको हो । 

 

एमालेको पार्टी विधान अनुसार एक अध्यक्षसहित, उपाध्यक्ष, सचिव, उप–सचिव दुई जना मध्ये एक जना महिला अनिवार्य हुने गरी पाँच जना पदाधिकारी सहित ९० जना सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने प्रावधान रहेको जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठले बताए । 

 

अध्यक्ष पदको लागि पार्टी उपाध्यक्ष रहेका इन्द्र तामाङ, सचिव रहेका पुरुषोत्तम कडरीया, खाँडादेवी गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका प्रदेश समिति सदस्य प्रेम तामाङ, र पूर्व प्रदेश समिति सदस्य रहेका उद्दब कडरीया जिल्ला अध्यक्षको आकांक्षि रहेका छन् । ‘हामी भोलि बिहान १० बजे सम्म सहमतिको प्रयास गर्छौँ भएन भने त्यसपछि निर्वाचनको कार्यक्रम सुरु हुन्छ’, जिल्ला अध्यक्ष श्रेष्ठले प्रस्ट पार्दै भने ‘तोकिएको मितिमै अधिवेशन सम्पन्न हुन्छ ।’

 

एमाले रामेछापले शुक्रवार सम्म अधिवेशन सम्पन्न गर्ने योजना अगाडि बढाएको छ । 

रामेछाप टाइम्स
| बैशाख २४, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));