रामेछापको उमाकुण्ड स्थित लिखु हाइड्रोको ड्याममा डुबेर बाम्तिभण्डारका भुजेलको ज्यान गयो

| बैशाख ११, २०८१ मंगलबार

फाइल फोटो ।
A A A
A A A

११ वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल स्थित निर्माणाधीन दुगड हाइड्रोपावर (लिखु–१) को ड्याममा डुबेर वडा नं २ बाम्तिभण्डारका एक पुरुषको ज्यान गएको छ । 

 

ज्यान गुमाउनेमा सोही पालिकाको वडा नं २ बाम्तिभण्डार स्थिति राङदङ भन्ने स्थानका ६६ वर्षीय कृष्णबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप टाइम्सलाई बताएको छ । 

 

 

उनी गत आइतबार घरबाट निस्केको बुझिएको छ । त्यसपछि कसैको सम्पर्कमा नआएका भुजेलको खोजी गर्ने क्रममा हाइड्रोपावरको ड्याममा मृत भेटिएको रामेछाप प्रहरीले जनाएको छ । 

 

मृत भेटिएका उनको शव पोष्मार्टम गर्नको लागि दोलखाको जिरी स्थित जिरी अस्पतालमा पठाइएको रामेछाप प्रहरीको भनाई छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));