आगोलगाएर विताण्ड मच्चाउन थालेपछि रामेछाप प्रहरीले सबै स्थानीय तहमा ठुलो संख्यामा खटायो ‘विशेष टोली’

| बैशाख २०, २०८१ बिहिबार

जिल्ला प्रहरी कार्यालय रामेछाप, तस्विर फाइल ।
A A A
A A A

२० वैशाख, रामेछाप । जिल्लाका विभिन्न स्थानमा सुनियोजित रूपमै डढेलो एवं आगलागीका घटनाले आतङ्कित बनाएपछि यसलाई नियन्त्रण गर्न रामेछाप प्रशासन र प्रहरीले विशेष अभियान सुरु गरेको छ । यसरी खटाएका विशेष टोलीले  गुप्त रुपमा अनुसन्धान गर्ने र घटनामा संलग्नलाई पक्राउ गरी हदै सम्मको कारबाही गर्ने सम्मको तयारी पूरा गरेको बुझिएको छ । 

 

रामेछाप अस्पताल, रामेछाप नगरपालिका स्थित रामेछाप बजार, गौरी शंकर मावि सहित बाक्लो मानव बस्ती रहेका क्षेत्र आसपास नै तीव्र रूपमा आगो फैलिएपछि प्रशासन र प्रहरीले आन्तरिक छलफल गरेर यस्ता घटनामा संलग्नलाई पक्राउ गर्न सादा पोसाकमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको हो । 

 

‘अब हामी कसैलाई कुनै विषयमा कन्भेन्सन हुने वालामा छैनौँ । हामी कठोर बनेर निर्णय गर्न बाध्य भयौँ । जिल्लाका उच्च जोखिम क्षेत्रलाई मध्यनजर गरेर हामीले टोली परिचालन गरी सक्यौँ’, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रञ्जन गिरीले रामेछाप टाइम्सलाई भने । 

 

पछिल्लो समयका आगोलागिको प्रकृति हेर्दा सबै सुनियोजित देखिएको पुष्टि हुने आधारहरू रहेको ठहर गर्दै तत्काल कानुनी दायरामा ल्याउने उद्देश्यले टोली परिचालन गरिएको सूचना अधिकारी समेत रहेका  इन्स्पेक्टर गिरीले प्रस्ट पारे । 

 

उनका अनुसार केही दिन यता आगोलागी भइरहेका क्षेत्रहरूमा मध्यनजर गरेर ठुलो संख्यामा ‘विशेष टोली’ परिचालन गरिएको हो । ‘सबै ठाउँमा सुक्षम तरिकाले अनुसन्धान हुने गरी हामीले टोली खटाएका छौँ ।’

 

त्यस्तै जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेले पनि प्रकोपकै रूपमा फैलिएको आगोलागिलाई नियन्त्रण गर्नको लागि सबै तहको सहयोग आवश्यक रहेको उल्लेख गर्दै ‘जहाँ आगोलागि हुन्छ । तत्काल खबर हुनु पर्‍यो । त्यसले क्षेती पनि कम हुन मद्दत पुग्छ । र, संलग्नलाई पनि कानुनी दायरामा ल्याउनको लागि सहज हुन्छ’ भने । 

 

पछिल्लो केही दिन यता रामेछाप नगरपालिकाका विभिन्न स्थान, सुनापति, दोरम्बा शैलुङ्, उमाकुण्ड, लिखु तामाकोशी, खाँडादेवी गाउँपालिकाका विभिन्न स्थानमा आगोलागी भइरहेका छन् । 

 

यसरी रातदिन आगोलागि एवं डढेलोका घटनाले जिल्लाका विभिन्न मानव वस्ति एवं गाउँ टोल नै सख्खाप हुने स्थिति देखिएपछि प्रशासन र प्रहरीले टोली खटाएर जोखिमलाई न्यूनीकरण गर्ने उपाय अपनाएको हो । 

रामेछाप टाइम्स
| बैशाख २४, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));