मन्थली अस्पतालमा सुत्केरी हुन नसक्दा खाँडादेवी गाउँपालिकाकी महिलाको ज्यान गयो

| बैशाख ११, २०८१ मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

११ वैशाख, रामेछाप । मन्थली अस्पतालमा एक जना गर्भवती महिलाको मृत्यु भएको छ । सुत्केरी बेथा लागेर ढिला गरी अस्पताल ल्याइएको खाँडादेवी गाउँपालिका  वडा नं ७ थान्सिङ घर भएकी महिलाको ज्यान गएको हो । 

 

थान्सिङ्की ३३ वर्षीय कुमारी मगरको सुत्केरी हुन नसक्दा ज्यान गएको मन्थली अस्पतालका डा.समीर क्षेत्रीले रामेछाप टाइम्सलाई बताए । 

 

‘हामी कहाँ १ ः ३६ मिनेटमा ल्याउनु भएको थियो । २ ः ५० बजे डेथ भयो । उहाँको अक्सिजनको मात्र कम थियो । मलाई लाग्छ पेटको पानी फोक्सोमा गएको हुनसक्छ । बच्चाको धड्कन पनि कम थियो’ थप प्रस्ट पार्दै डा.क्षेत्रीले रामेछाप टाइम्ससंग भने ‘हामीले सिपिआर गर्‍यौँ । बच्चालाई बचाउने प्रयास गर्‍यौ । यहाँ सम्भव नभएपछि हेली मगाउने तयारी पनि गर्‍यौ । तर, बचाउन सकेनौँ ।’ 

 

 

बिहान देखि सुत्केरी बेथा लागेकी मगर श्रीमान्, एक महिला सहित अस्पतालमा आएकी थिइन् । उनको निधन भएपछि शव अहिले मन्थली अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));