पत्रकार रामचन्द्र बि क सम्मानित

| बैशाख १६, २०८१ आइतबार

A A A
A A A

१६ वैशाख, रामेछाप । रामेछापका पत्रकार रामचन्द्र बिक सम्मानित भएका छन् । शनिवार राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापको दोस्रो अधिवेशनको अवसरमा संघले तत्कालीन तदर्थ समितिका अध्यक्ष समेत रहेका बि कलाई सम्मान प्रदान गरेको हो । 

 

एक दशक देखि जिल्लामा विभिन्न रेडियो, पत्रिका, अनलाइन सहितका संचार माद्याम मार्फत जिल्लाका दलित समुदायसहित सिंगो समाजलाई सुसूचित गराएर योगदान पुर्‍याएको भन्दै संघका जिल्ला अध्यक्ष लेखबहादुर बि कको अध्यक्षतामा बसेको १६ औँ जिल्ला कार्यसमितिको बैठकले निर्णय गरेको संघका सचिव मिलन घिमिरे (बि क) ले जानकारी दिए । 

 

हाल प्रहार खबर साप्ताहिक पत्रिका र अनलाइन मार्फत पत्रकारितामा आबद्ध पत्रकार महासंघ रामेछापका सह–सचिव समेत रहेका बिकलाई अधिवेशनको अवरमा केन्द्रीय उपाध्यक्ष बुद्धि बहादुर विश्वकर्मा, कोषाध्यक्ष भीम घिमिरे सहितको उपस्थितिमा जिल्ला अध्यक्ष बि क र केन्द्रीय उपाध्यक्ष विश्वकर्माले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका हुन् । 

 

संघले संस्थापक जिल्ला तदर्थ समितिका अध्यक्ष रामचन्द्र सहित दलित समुदायका मुद्दामा सहजिकरण गर्दै पीडितलाई न्याय दिलाउन सहयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछाप र संघलाई आर्थिक सहयोग प्रदान गर्ने सहयोगीदाता रत्न प्रसाद गौतमलाई पनि सम्मान गरेको छ । 

 

शनिवार सम्पन्न अधिवेशनले संघको २०७७ साल साउन २० गते सर्व सहमतिमा बनेको समितिका सचिवले प्रस्तुत गरेको सांगाठानिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पनि सर्व सहमतिले पारित गरेको छ । 

संघमा नयाँ नेतृत्व

यसैबिच शनिवार सम्पन्न दोस्रो अधिवेशनले जिल्ला कार्यसमितिको नयाँ समिति चयन गरेको छ । नवराज वि कको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको केन्द्रीय उपाध्यक्ष बुद्धि विश्वकर्माले घोषणा गरे । 

 

उनका अनुसार संघको समितिको उपाध्यक्षमा सन्जना रसाइली, सचिवमा राज लोहोनी, सह–सचिवमा कुमार मिजार, कोषाध्यक्षमा सम्झना उर्कुटी चयन भएका छन् । 

 

त्यस्तै सदस्यमा शर्मिला विसुन्के र कल्पना रसाइलीको नाम राखिएको छ । यद्दयपी विसुन्केले भने आफ्नो अनुमति बिना सदस्यमा नाम राखिएकोमा आपत्ति जनाउँदै समितिमा नबस्ने भन्दै सामाजिक संजालमा धारणा राखेकी छिन् । 

 

अधिवेशनले केन्द्रीय तथा प्रदेश पार्षद् पनि चयन गरेको छ । जसमा केन्द्रमा निवर्तमान जिल्ला अध्यक्ष लेखबहादुर विक र पूर्व अध्यक्ष रामचन्द्र बिकलाई चयन गरेको छ । 

 

त्यस्तै प्रदेश पार्षद् मिलन बि क (घिमिरे) लाई सिफारिस गरेको संघले जनाएको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));