अन्ततः करिब ९ महिना पछि यी वृद्धाको परिवारसँग पुनर्मिलन गर्‍यो मन्थली ‘सेफ हाउस’ ले (भिडिओ)

| जेठ २६, २०८० शुक्रबार

A A A
A A A

२६ जेठ, रामेछाप । मन्थली नगरपालिकाको ‘सेफ हाउस’ बस्दै आएकी एक वृद्धको परिवारमा पुनर्मिलन गरिएको छ । विगत ८ महिनादेखि ‘सेफ हाउस’मा बस्दै आएकी खाँडादेवी सुनमाया माझीलाई आफन्ताहरु लिन आएपछि नगरपालिकाले परिवारको जिम्मा लगाएको हो । 

 

उनी २०७९ साल असोज ९ गते सित्खामा भएको एक अपत्यारिलो घटनामा पीडित भएकी थिइन् । साथै उनले गाउँलेहरूको कुटपिटबाट आफ्नी छोरी समेत गुमाएकी थिइन् । कुटपिट गर्नेहरू अहिले १६ जना पुर्पक्षको लागि जिल्ला कारागारमा रहेका छन् । केही अझै फरार छन् । 

 

माझीका आमा छोरीलाई गाउँलेले पितृको नाममा आएको अलौकिक शक्ति भन्दै करिब १५ बोरा चामलले हिर्काएका थिए ।  यसरी छोरी गुमाएकी उमेर समेत खुल्न नसकेकी वृद्ध माझीलाई कुटपिट गरी घाइते बनाएकोमा प्रहरीले तत्काल उद्धार गरी उपचार पश्चात् उनको शारीरिक अवस्थाको कारण र संरक्षक पनि कोही नभएकाले मन्थली नगरपालिकाको ‘सेफ हाउसमा’ राखिएको थियो ।  

‘सेफ हाउस’ (अल्पकालीन सेवा केन्द्रमा) बस्दै आएकी माझी पहिले देखिनै घर जान चाहेको बताउथिइन् । यसै सन्दर्भमा उनकै (खाँडादेवी गाउँपालिका वडा नं ३) बस्ने प्रेमबहादुर माझी, सोही ठाउँकी सरिता माझी जनप्रतिनिधि सहितको रोहबरमा जिम्मा लगाइएको हो । 

 

वृद्ध माझीलाई बिहारी र नाति नाता पर्नेहरूको जिम्मा लगाइएको हो । बिहीबार मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत, वडा नं ३ कै वडा सदस्य, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रतिनिधि, नेपाल पत्रकार महासंघ रामेछापका प्रतिनिधि र नगर ‘सेफ हाउस’ सेफ हाउस व्यवस्थापक र नगरकै योजना अनुगमन उप–शाखा प्रमुख उज्ज्वल पोखरेल सहितको टोलीले उनलाई बिदाइ गरेको हो  । 

 

चालु आर्थिक वर्षको हाल सम्म जम्मा १६ जना विभिन्न कारण समस्यामा परेकाहरू ‘सेफ हाउसमा’ बसेकोमा अब दुई जना बाँकी छन् । अन्य १४ जनाको पारिवारिक पुनर्मिलन, सम्बन्धि पक्षको जिम्मेवारी सुरक्षित रूपमा लगाइएको व्यवस्थापक श्रेष्ठले बताइन् । 

 

भिडिओ हेर्नुहोस्

यो पनि पढ्नुहोस् 
पृती खुसी नभएको घटना प्रकरण : १२ जना विरुद्ध ज्यान मार्ने मुद्दा दर्ता, ११ जना यसरी छुटे ?
अपडेट भिरपानीः पितृ उतार्ने भन्दै ७ बोरा बढी ‘अक्षताले’ हान्दा छोरीको ज्यान गयो, आमा घाइते, यी हुन् पक्राउ पर्नेहरू (नामावली)
भिरपानीमा अपत्यारिलो घटना : छोरीको ज्यान गयो, आमा सिकिस्त, टोलभरीका २४ जनालाई प्रहरीले नियन्त्रणमा लियो

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));