यस्तो छ मन्थली नगरपालिकाको आगामी नीति तथा कार्यक्रम (पूर्णपाठ)

| असार १२, २०८० मंगलबार

A A A
A A A

१२ असार, रामेछाप । मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  नगरपालिकाका मेयर (प्रमुख) लव श्रेष्ठले गत आइतबार नगरपालिकाको सभा हलमा केही नयाँ केही पुराना कार्यक्रमलाई निरन्तरता दिँदै आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरे ।  १४ वटा वडा रहेको यो नगरपालिकाले आगामी वर्षदेखि सबै वडाका सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सुविधा पुर्‍याउन लक्ष्य लिएको छ । १ अर्ब ४ करोड भन्दा बढीको बजेट ल्याएको यो नगरले विकास निर्माणलाई आगामी वर्ष नयाँ योजना सार्वजनिक गरेको देखिँदैन ।  

 

मन्थली नगरपालिकाको तेह्रौँ नगर सभामा ठुला पूर्वाधार निर्माण, बालमैत्री स्थानीय शासन नगर घोषणा, शिक्षा, स्वास्थ्य, कृषि पशुपालन तथा पर्यटन, विपद् व्यवस्थापन, रोजगारी सिर्जना, लक्षित वर्गका कार्यक्रम सुशासनलाई प्राथमिकता दिएर कार्यक्रम सार्वजनिक गरेका हुन् । 

 

नगरवासीको नगर भित्रै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान, ‘एक घर एक स्वास्थ्य बिमा’ छोरी बचत प्रोत्साहन, किशोरीसँग नर्स, विद्यार्थीसं स्वास्थ्यकर्मी तथा ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी, मन्थली नगर–उज्यालो सहर, सरसफाइयुक्त र सुन्दर मन्थली, उपप्रमुखसँग असहाय महिला जस्ता कार्यक्रम गर्ने उल्लेख गरिएको छ । जिल्ला सदरमुकाम रहेको यो नगरले ठुलो विकासका पूर्वाधार निर्माण गर्न योजना खासै ल्याउन सकेको देखिँदैन । दूधमा विगतका वर्षदेखि किसानलाई  प्रोत्साहन स्वरूप दिँदै आएको प्रतिलिटर २ रुपैयाँ अनुदानलाई केही वृद्धि गर्दै निरन्तरता दिएको छ । 

 

यस्तो छ हेर्नुहोस् पूर्णपाठ 

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));