जातीय र धार्मिक द्वन्द्व छोडेर देश विकासमा लागौँ –अध्यक्ष श्रेष्ठ

| भदौ १२, २०८० मंगलबार

A A A
A A A

१२ भदौ, रामेछाप । खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जातीय र धार्मिक द्वन्द्व छोडेर समाजमा मिलेर बस्न र विकास निर्माणमा लाग्ने सबैलाई अपिल गरेका छन् । पछिल्लो समय देशका विभिन्न जिल्लाहरूमा जाति र धार्मिक द्वन्द्व सम्बन्धी बहस चलिरहेको बेला पालिका अध्यक्ष श्रेष्ठले यस्तो धारणा व्यक्त गरेका हुन् । 

 

मंगलबार बिहान सामाजिक सञ्जालमा अध्यक्ष श्रेष्ठले ‘विभिन्न जातजाति भाषा भाषी धर्मावलम्बी एक आपसमा सद्भाव पूर्ण सदियौँदेखि मिलेर बस्दै आएका छौँ’ लेखेका छन् ।  

 

नेपालीहरूको बिचमा फुट पैदा गरेर विदेशीले लाभ लिन खोजेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठ लेख्छन् ‘विदेशीले नेपालीलाई अर्कालाई अपमान हुने कार्यहरू गर्न उत्साहित गरेको रहेका छन् । यी कार्य कदापि सही काम हुन सक्दैन ’

 

त्यसैले सबै नागरिकहरू आपसमा मिलेर रहनु र मिलेर मुलुक निर्माण गर्न जुट्नु हामी सबैको कर्तव्य र धर्म हो नेकपा एमालेका नेता समेत रहेका श्रेष्ठले भनेका छन् । 

 

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));