राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको अध्यक्षमा मिलन बि‍ क

| साउन ६, २०८० शनिबार

A A A
A A A

६ साउन, रामेछाप । राष्ट्रिय फोटो पत्रकार समूहले रामेछापमा शाखा विस्तार गरेको छ । २५ औँ वर्षदेखि देशका विभिन्न जिल्लामा सक्रिय तथा शाखा विस्तार गर्दै आफ्ना गतिविधि तीव्र पारिरहेको राष्ट्रिय फोटो पत्रकार समूहले शनिवार रामेछापको सदरमुकाम मन्थलीमा प्रथम भेलाबाट रामेछाप टाइम्सका प्रधान सम्पादक मिलन बि‍.क (घिमिरे) को नेतृत्वमा ११ सदस्यीय जिल्ला शाखा गठन गरेको हो । 

 

समूहको बागमती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो भेलाले घिमिरेलाई सर्व सहमतिमा जिल्ला अध्यक्षमा चयन गरेको हो । 

 

समूहका केन्द्रीय महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठको उपस्थितिमा गठित शाखा उपाध्यक्षमा रेडियो रामेछापमा कार्यरत शर्मिला विशुङ्के, सचिवमा ई–रामेछाप डट्कमका सञ्चालक राजन महतारालाई चयन गरेको छ । 

समिति गठनपछि सामूहिकत तस्बिर 

त्यस्तै नेपाल बहाक डट्कमका सञ्चालक डोरशङ्कर बरुवाललाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । भने, रेडियो तिफदीमा कार्यरत राजकुमार श्रेष्ठ सह–सचिवमा चयन भएका छन् । 

 

जिल्लामा सक्रिय रूपमा पत्रकारिता पेसामा लागि रहेका युवा शक्तिहरूको टिमलाई समेट्दै गरिएको समिति सदस्यमा शम्मरबहादुर हायु (प्रशान्त), सिर्जन रोक्का, प्रवीण बयलकोटी, सिर्जना रसाइली,विनीता बुढाथोकी चयन भएका छन् । 

 

अध्यक्षमा सर्वसहमितिले चुनिएपछि बोल्दै नवगठित समितिका अध्यक्ष मिलनले आफूलाई अध्यक्ष बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै सबैसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । समूहको विधि विधान र नीति भित्र रहेर जिल्लाको महत्पूर्ण क्षेत्रहरूको प्रचारप्रसार गर्न यहाँका स्थानीय सरकार र पत्रकार महासंघसंग सहकार्य गरेर काम गर्ने बचनबद्ध गरे । त्यसको लागि केन्द्रले सहयोग गर्नू पर्ने उनको जोड् थियो । 

प्रमुख अतिथिलाई मायाँको चिनो हस्तान्तरण गर्दै केन्द्रीय महासचिव घनश्याम श्रेष्ठ

त्यस्तै प्रमुख अतिथि समेत रहेका मन्थली नगरका प्रमुख लव श्रेष्ठले नगरभित्रका बाहिर आउन नसकेका पर्यटकीय र महत्पूर्ण कुराहरू फोटो पत्रकारले ल्याउनु पर्ने जोड् दिँदै पत्रकारितामा सत्य र तथ्य आवश्यक रहेको धारणा राखे । नगर प्रमुख श्रेष्ठले स्थानीय सरकारले गरेका कामलाई राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो स्पष्ट भनिदिनु पर्ने भन्दै फोटो पत्रकारले नगरको पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा टेवा पुर्‍याउन सक्नु पर्नेमा जोड् दिए । 

 

समूहका केन्द्रीय कोषाध्यक्ष सागर श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार समूहको इतिहासदेखि वर्तमान अवस्थामा गर्दै आएका काम, आगामी योजना बारेमा जानकारी गराउँदै नयाँ शाखा (रामेछाप) ले आगामी दिनमा फोटो पत्रकारिताको क्षेत्रमा उल्लेख्य काम गर्ने विश्वास व्यक्त गरे । साथै केन्द्रबाट सक्दो सहयोग गर्ने बचन दिए । 

नवगठित समितिका अध्यक्ष घिमिरेलाई मायाँको चिना सहितको जिम्मेवारी प्रदान गर्दै केन्द्रीय महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठ

त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष नयाँ घरेले तत्कालीन राष्ट्रिय राजनीति र देशमा देखा परेको सय क्विन्टल बराबरको सुन काण्ड र त्यसले पत्रकारितामा पारेको असरबारेमा धारणा राख्दै पत्रकारमाथि राज्यको हस्ताक्षप हुनु नहुने बताए । उनले प्रेस चौतारीका केन्द्रीय अध्यक्षमाथिको सरकारको मुद्दा फिर्ता लिनु पर्ने माग गरे । साथै नवगठित फोटो पत्रकार समूहले जिल्लामा आगामी दिनमा यहाँका पत्रकारहरूको हक, हित र क्षमता विकासमा काम गर्ने विश्वास व्यक्त गरे । 

नव गठित समितिका पदाधिकारीहरु

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, महासंघ रामेछापका अध्यक्ष नयाँघरे, आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार बागमती प्रदेश (सिन्धुली) सदस्य बलवीर भुजेल, पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष टिका प्रसाद भट्ट, राष्ट्रिय फोटो पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक भट्ट, आदिवासी जनजाति पत्रकार रामेछापका अध्यक्ष कुमार श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार संघ बागमती प्रदेशका सदस्य गम्भीर बिक, राष्ट्रिय दलित पत्रकारसंघका जिल्ला अध्यक्ष लेखबहादुर विक, प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कैलाश खत्री लगायत सञ्चारकर्मी, पत्रकारको उपस्थिति रहेको थियो । 

 

समूहको पहिलो बैठक 

नवगठित राष्ट्रिय फोटो पत्रकार समूहको पहिलो बैठक पनि शनिवारै बसेको छ । जिल्ला शाखा विस्तार लगत्तै बसेको बैठकले समिति विस्तार गर्ने केन्द्र लगायत सम्पूर्णलाई धन्यवाद  दिने र राष्ट्रिय वाणिज्य बैङ्कमा खाता सञ्चालन गर्ने निर्णय गरेको सचिव राज महताराले जानकारी दिए । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));