प्रेस युनियन रामेछापको अधिवेशन भोलि हुँदै, अध्यक्षको दौडमा को–को छन् ?

| भदौ १४, २०८० बिहिबार

A A A
A A A

१४ भदौ, रामेछाप । नेपाल प्रेस युनियन रामेछापको अधिवेशन भोलि शुक्रवार हुने भएको छ । लामो समयदेखि विविध कारणले हुन नसकेको ८ औँ साधारण सभा तथा चौथो जिल्ला अधिवेशन शुक्रवार गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष अप्रिल अधिकारीले बताए । 

 

उनका अनुसार शुक्रवार भदौ १५ गते मन्थली स्थित फ्रिडम रिसोर्ट मन्थलीमा बिहान १० बजे देखि कार्यक्रम सुरु हुने सचिव रामचन्द्र वि कले जानकारी दिए । 

 

केन्द्रले जिल्लाबाट पठाएको पुराना सदस्यको नवीकरण र नयाँ सदस्य थपको विवरण पठाउन ढिला गर्दा यस अगाडि मिति तोके पनि अधिवेशन हुन कसेको थिएन । यसअगाडि गत असार २ गते शनिवार जिल्ला अधिवेशन गर्ने निर्णय जिल्ला शाखाले गरेको थियो । गत मंगलबार केन्द्रले जिल्लाबाट पठाएको नयाँ र पुराना सदस्य गरी ७१ जना सदस्यको नामावली पठाएपछि रोकिएको अधिवेशनले तत्काल गर्ने निर्णय गरिएको अध्यक्ष अधिकारीले बताए । 

 

नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन नेपाल जिल्लामा नेपाल पत्रकार महासंघमा आबद्ध सबै भन्दा ठुलो पत्रकारहरूको संस्था हो । 

अधिवेशनको मिति तोकिएसँगै अध्यक्ष पदको लागि दोड्धुप गर्ने आकाक्षिहरुले पनि आकांक्षा व्यक्त गरेका छन् । बुधवार भएको युनियनका पदाधिकारी र युनियनका पूर्वपदाधिकारी , नेता सम्मेलित अनौपचारिक छलफलमा अध्यक्ष पदको लागि आफूहरू आकांक्षित रहेको केही सदस्यले धारणा राखेको छलफलपछि प्रेस युनियनका नेता एवं पत्रकार महासंघ रामेछापका पूर्व सभापति हिमाल ढुङ्गेलले बताए । ‘आकांक्षि साथीहरूले बोल्नु भएको छ । हामी सर्वसहमतीमा गएका इतिहास पनि छ । त्यो पहिलो चरणको छलफल हो । मिलाएर जान्छौँ । सहमतिमै नेतृत्वको टुङ्गो लगाउँछौँ ।’

 

उनले नेतृत्वको लागि मात्रै आकाक्षिहरुले धारणा राखेकाले बिहीबार (आज) आकाङ्क्षीहरूका बिच मात्रै छलफल हुने र त्यसले निचोड निकाले बताए । युनियनको नेतृत्व हाँक्न सैले सक्नेहरुले आकांक्षा राखेको बताउँदै युनियनका नेता ढुङ्गेलले ठुलो संगठनमा ४/५ जनाले आशा देखाउनु सकारात्मक भएको बताए । 

 

अध्यक्ष अप्रिल अधिकारीले पनि मिलाएर एकल उम्मेदवारको टुङ्गोमा पुगी सहमतिमै नेतृत्व बनाउने सक्दो पहल गर्ने बताए । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));