एमाले बागमती प्रदेश कमिटीले यी नेताहरूलाई तोक्यो रामेछापको जिल्ला र पालिकाको इन्चार्जको जिम्मेवारी

| मंसिर २२, २०८० शुक्रबार

A A A
A A A

२२ मंसिर, रामेछाप । नेकपा (एमाले) बागमती प्रदेश कमिटीले रामेछापको भूगोलमा काम गर्ने गरी इन्चार्जहरू तोकेको छ ।गत बिहीबार बसेको प्रदेश कमिटीको बैठकले नवनिर्वाचित सदस्यहरूलाई जिम्मेवारी दिँदै जिल्लामा पठाएको हो । 

 

जसअनुसार रामेछापको इन्चार्जमा एमाले पूर्व जिल्ला अध्यक्ष एवं पूर्व प्रदेश सांसद रहेका शान्ति प्रसाद पौडेललाई तोकिएको छ । उनले संघीय निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवार पाएका हुन् ।

 

त्यस्तै दुई निर्वाचन क्षेत्र रहेको रामेछापमा १ नं क्षेत्र (प्रदेश) को इन्चार्जमा शेरबहादुर सुनुवार र १ नं क्षेत्र (प्रदेश) मा प्रेमबहादुर तामाङले जिम्मेवारी पाएका छन् । सुनुवार वर्तमान उमाकुण्ड गाउँपालिकाका अध्यक्ष समेत छन् । भने, तामाङ खाँडादेवी गाउँपालिकाका निवर्तमान पालिका अध्यक्ष हुन् । 

 

प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठकले ६ वटा गाउँपालिकाको पार्टी इन्चार्ज समेत तोकेको छ । जस अनुसार उमाकुण्ड गाउँपालिकाको इन्चार्जमा गंगा कार्की, लिखु तामाकोशी गाउँपालिकामा दीपशिखा दाहाल, गोकुलगंगा गाउँपालिकामा अर्जुन कार्कीलाई तोकी पठाएको छ । 

 

सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा प्रदेश सांसद एवं सोही नगरको निवर्तमान उपप्रमुख समेत रहेकी माया कार्कीलाई इन्चार्ज तोकेको छ । 

 

पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा वर्तमान मन्थली नगरपालिका वडा नं ८ चिसापानीका वडा अध्यक्ष रहेका गोपाल श्रेष्ठलाई इन्चार्ज तोकेको एमाले प्रदेश कमिटीले खाँडादेवी र सुनापतिमा हाल पालिका अध्यक्ष समेत रहेका ज्ञानकुमार श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी थपेको छ । 

 

त्यस्तै मन्थली नगरपालिका प्रमुख समेत रहेका लव श्रेष्ठलाई दोरम्बा शैलुङ गाउँपालिकाको इन्चार्जको जिम्मेवारी तोकेको नेकपा एमाले बागमती प्रदेश कमिटीले जानकारी दिएको हो । 

 

गत असोज १२ गते भएको प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित भएपछि प्रदेश सदस्यमा जिल्लाबाट निर्वाचित बनेकाहरूलाई जिम्मेवारी दिइएको हो । 

रामेछाप टाइम्स
| बैशाख २४, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));