बिनु यादवः पाँचौँ दिन देखि आमरण अन्सनसहित प्रशासनको गेटमै, माग पूरा गर्न नसक्ने प्रशासनको प्रस्ट जवाफ

| माघ ११, २०८० बिहिबार

A A A
A A A

११ माघ, रामेछाप । पाँचौँ दिन देखि आमरण अन्सनसहित जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा धर्नामा बसिरहेकी बिनु यादव (कठायत) ले प्रशासनले दिएको दोस्रो पत्र समेत बुझ्न इन्कार गरेकी छिन् । मंगलबार जिल्ला सुरक्षा समितिले गरेको निर्णय प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहितले थमाउन खोज्दा च्यातिदिएपछि अलमलमा परेको प्रशासनले बुधवार बिनु आफैले पति प्रदीप कठायतको घरमा पस्न र शान्ति सहित बस्न पाउँ भन्दै दिएको निवेदनपछि प्रशासनले दिएको पत्रमा अघिल्लो दिन आफैले च्यातेर फालेको पत्रमा उल्लेखित बुँदाहरू समेट्दै आफूलाई बुझ्न भनेपछि ‘मलाई यो स्वीकार्य हुँदैन । त्यसैले बुझिन ती नै बुँदामा मान्ने भए म हिजै यहाँबाट उठी हाल्थे ।’

 

यादवले आफ्ना मागहरू पूरा भए अन्सन तोड्ने र धर्ना तोड्ने भनेको बताइन् । ‘अन्नत तोड्ने उल्लेख गरेर निवेदन दिएकी हुँ ।’

 

जिल्ला प्रशासन कार्यालय रामेछापले भने “मेरो घरमा बस्न पाउँ” भनी यादवले दिएको निवेदनको सन्दर्भ उल्लेख गर्दै प्रदीप कठायत बिच सम्बन्ध विच्छेद मुद्दामा उच्च अदालतबाट भएको फैसला विरुद्ध प्रदीप कठायतले सर्वोच्च अदालतमा पुनरावेदन गरेको र मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै ‘तपाईंलाई श्रीमानको घरमा बस्ने सम्बन्धमा थप पहल गर्ने अवस्था नदेखिएको’ भन्दै पत्र बुझाएको दाबी गरेको छ । 

 

उक्त पत्र यादवले बुझ्न नमान्दै अन्सन र धर्ना जारी राखेकी छन् । भने, प्रशासनले राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय, सुरक्षा तथा समन्वय महाशाखालाई बोधार्थ दिँदै बिनुलाई बुझाइएको भनेको छ ।

 

प्रमुख जिल्ला अधिकारी निरौलाले हस्ताक्षर गरिएको पत्रमा यादवको मागलाई सम्बोधन गर्न नसकिने आशय प्रस्ट उल्लेख गरिएको हो । 

 

यो हेर्नुहोस् प्रशासनले बिनु यादवलाई बुझाएको भन्दै रामेछाप टाइम्सलाई उपलब्ध गराएको पत्र 

प्रशासनले बिनुको मागलाई सम्बोधन गर्न माथिल्लो निकायबाट लेखि आदेश नआएको भन्दै पन्छिनु र यादव उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याएर प्रदीप र आफूबिचको वैवाहिक सम्बन्धलाई पुष्टि गर्दै श्रीमान् श्रीमती कायम गरेकाले आफू सर्वोच्च अदालतको मुद्दा फैसला नहुँदा सम्म भए पनि प्रदीपको घरमा बस्न पाउनु पर्नेमा माग सहित निरन्तर लागि पर्दा यो घटना थप जटिल बन्दै गएको छ । 

 

प्रशासनले मानवअधिकारकर्मी र पत्रकारहरूले बिनुलाई गरेको सायता सम्म रोक लगायो

निरन्तर अन्सनसहित धर्नामा बसेकी यादवको स्वास्थ्य दिन दिन कमजोर बन्दै गएको र मानवीय दृष्ट र भावनाले भए पनि उसको ज्यान बचाउन सबैको दायित्व भएको भन्दै जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्दै कर्मी, नेपाल पत्रकार महासंघ र जिल्ला रेड्क्रस सोसाइटी रामेछापले ओढाउन खोजेको त्रिपाल राख्न नदिएको हो । 

 

बुधवार साँझ त्रिपाल ओढाउन गएका मानवअधिकार कर्मी, पत्रकार र रेड्क्रशका प्रतिनिधि प्रशासनले रोक लगाएपछि त्यसै फर्किएका थिए । 

 

मानवअधिकारकर्मी नवराज पथिकले रामेछाप टाइम्सलाई भने ‘प्रशासनले अन्सन बसेर यसै भित्र जान ठाउँ नभएको अवस्थामा पाल ओडाउदाँ झन् समस्या हुने भन्न कुरा आयो । त्यसैले ओढाउन दिएनन् ।’

 

तर, नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकतामा हुने मानवअधिकार कर्मी पथिकको भनाई छ । यसबारेमा रामेछाप टाइम्सले बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी निरौलाले बोल्न मानिन् । ‘यस विषयमा सबै कुरा सूचना अधिकारीले बोल्नु हुन्छ । मैले उहाँलाई भनेको छु, उहाँलाई सोध्नुस् ।’

 

सम्बन्धित समाचार

बिनु यादव घटना प्रकरण : सोमबारको छलफल निष्कर्ष विहीन, आज सुरक्षा समितिको बैठक बस्दै

प्रदीप कठायतको घरमै श्रीमतीको हैसियतले बस्न पाउनु पर्ने भन्दै बिनु यादवले सुरु गरिन् रामेछाप प्रशासनमै अन्सन् सहितको धर्ना (भिडिओसहित)

बिनु यादवको घटनामा कानुन भन्दा बाहिर जान मिल्दैन, उसले न्याय पाउनु पर्छ–सांसद ‘कान्छाराम’

यस्तो छ बिनु यादवले च्यातेर फालिदिएको पत्र हेर्नुहोस् ?

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));