रामेछापको साँघुटारबाट वनमा आगाे लगाउदै हिंड्ने १९ वर्षीय किशोर पक्राउ, वन ऐन अनुसार अनुसन्धान सुरु

| बैशाख १६, २०८१ आइतबार

फाइल फाेटाे
A A A
A A A

१६ वैशाख, रामेछाप । जिल्लाका आधादर्जन भन्दा बढी स्थानमा आगाेलागि एवम् डढेलाेका घटना तीव्र रुपमा भइरहेका बेलामा वन,जंगलमा आगाे लगाउदै हिड्ने एक जना किशोरलाई रामेछाप प्रहरीले पक्राउ गर्न सफल भएको छ । 


जिल्लाका विभिन्न स्थामा महामारी कै रुपमा आगाेलागि फैलिएको बेला वैशाख ०८ गते दिउँसो १ : ०० बजेको समयमा रामेछापकाे रामेछाप नगरपालिका वडा नं ३ साँघुटार स्थित कालिकादेवी सामुदायीक वनमा साेही ठाउँका १९ वर्षिय सुवास महतलाई आगाे लगाउदै हिंड्ने क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले आइतबार जानकारी  दिएको हाे । 


सामुदायीक जंगलको ठाउँ-ठाउँमा आगो लगाउदै हिडेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरी टाेलीले महतलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले बताए । 


`साेध्पुछ गरी घटनामा संलग्न रहे, नरहेकाे बारेमा प्रष्ट पारी अदालतबाट समय लिएरअनुसन्धान गर्दन समय लाग्याे । अब कानुन अनुसार अगाडि बढाउन वन कार्यालयकाे जिम्मा लगाएका छाै´, डिएसपी सिंहले प्रस्ट पार्दै भने । 


१० गतेदेखि सार्वजनिक बिदा लगाएते गर्दा पनि अनुसन्धानमा ढिलाई भए प्रहरी बताउँछ ।


प्रहरीले प्रारम्भिक अनुसन्धानबाट महत घटनामा संलग्न रहेको पाइएपछि  डिभिजन वन कार्यालय रामेछापडाँडा रामेछापमा बुझाई र उनीमाथि वन ऐन अन्तरगत अनुसन्धान भै रहेको प्रस्ट पारेको छ ।

रामेछाप टाइम्स
| बैशाख २३, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));