खाँडादेवी–५ पकरवास वडा कार्यालय सहयोगीले कानुनको धज्जी उडाउँदै सार्वजनिक गरे सूचना, जिम्मेवार निकाय कार्यालय सहयोगी तामाङलाई जोगाउने खेलमा !

| बैशाख १६, २०८१ आइतबार

A A A
A A A

१६ वैशाख, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ५ पकरवास वडा कार्यालयले गत १४ गते एक सूचना जारी गर्‍यो । विधि,विधान र कानुनलाई समेत ठाडो चुनौती दिँदै कार्यालय सहयोगीको हस्ताक्षरमा सूचना सार्वजनिक भएपछि यो वडा कार्यालयबाट प्रवाह हुँदै आएको सेवा सुविधामा समेत प्रश्न खडा भएको छ । तर, सम्बन्धित पक्ष भने कार्यालय सहयोगीलाई गल्तीको कारबाही गर्नुको साटो ढाकछोप गरेर अनजानमा गल्ती भएको दाबी सहित विषयलाई ढाकछोप गर्न लागेको बुझिएको छ । 

 

वडा कार्यालयले सूचना जारी गर्नु कुनै नलौ कुरा हैन । र, समाचार बन्न लायक विषय बन्नेरनबन्ने भन्ने कुरा पनि जारी हुने सूचनामा आधारित हुन्छ । कति पय सूचना समाचार बन्छन् त, कतिपय जानकारी मूलक हुन्छन् । अझ भनौँ स्थानीय सरकारको तल्लो तह जनताको घरदैलोको सरकारले आवश्यकता अनुसार सबै सूचना जारी गर्ने अधिकार र दायित्व संविधानमै व्यवस्था गरेको छ । 

 

सूचना सार्वजनिक गर्दा सबै नागरिकले बुझ्ने, सरल र सभ्य भाषा प्रयोग हुनु पर्ने व्यवस्था छ । सूचनालाई सार्वजनिक गर्न प्रवक्ता एवं सूचना अधिकारी पनि तोकिएका हुन्छ । त्यसको अभ्यास पनि कतिपय वडा कार्यालयहरूमा कार्यान्वयन छन् । तर, यी सबै विषयलाई लत्त्याउँदै पकरवास वडा कार्यालयका, कार्यालय सहयोगी सन्तोष तामाङले भने १५ दिने कफी बनाउने तालिम सञ्चालन हुने सूचना हतार–हतारमा सार्वजनिक गर्दै कानुनलाई लत्त्याएका हुन् ।  

 

फाँटका कर्मचारीको अधिकारको दुरुपयोग गर्दै कार्यालय सहयोगी तामाङले शुक्रवार सामुदायिक विकास समाज परियोजनाले पालिकासँग समन्वय र सहकार्यमा त्यहाँ भित्रका स्थानीयहरूलाई स्वरोजगार बनाउने उद्देश्यले गर्न लागेको १५ दिने कफी बनाउने तालिमको सूचना वडाका अध्यक्ष र सचिवलाई समेत चुनौती दिँदै आफैले सार्वजनिक गर्न भ्याएका हुन् । 

नेपाली र अंग्रेजी शब्दको सामान्य भाषिक शुद्धता र प्राविधिक पक्षलाई समेतलाई ख्याल नगरी सार्वजनिक गरिएको सूचनाको चर्को आलोचना भएपछि अहिले वडा कार्यालयको फेसबुक आइडीबाट उक्त सूचना हटाइएको छ । भने, वडा कार्यालयले अर्कै सूचना जारी गर्ने सम्मको तयारी अगाडि बढाएको खुलासा भएको छ । 

 

यसरी कार्यालय सहयोगीले हस्ताक्षर गरी सूचना जारी भएको विषयमा खाँडादेवी गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ वडा अध्यक्ष पुष्कर कार्कीले भने त्यो सरासर गलत भएको भन्दै गलत गर्नेलाई कारबाही हुने रामेछाप टाइम्सलाई बताए । ‘त्यो सरासर गलत हो । त्यो, मिल्दै मिल्दैन । म, बाहिर छु । थप बुझेर गलत गर्नेलाई कारबाही गर्छौँ’ प्रवक्ता कार्कीले भने । 

 

सूचनामा तालिमको आयोजना गरिरहेको सामुदायिक विकास समाज (सिडिएस) का सम्पर्क भनिएका व्यक्ति शुकराम घिसिङले पनि कार्यालय सहयोगीले विषयलाई ख्याल ख्याल गरेर सार्वजनिक गर्न गलत भएको बताउँदै ‘त्यो गलत हो, हामीले सहकार्य गरेर बुझेर सार्वजनिक गर्न भनेका थियौँ । तर, हतार हतारमा मिस्टेक सूचना सार्वजनिक गर्नुभएछ । हामीले भनेपछि अहिले हटाएको जस्तो लाग्यो’ रामेछाप टाइम्ससंग भने । 

वडा अध्यक्ष मनोज पौडेल, तस्बिर सामाजिक संजाल । 

 

सुजबुझ्का साथ समय मिलाएर सार्वजनिक गर्ने सूचना जिम्मेवार तहबाट त्यसरी गलत तरिकाले सार्वजनिक हुनु उचित नभएको उनको भनाई छ । 

 

सोही विषयमा रामेछाप टाइम्ससंग संक्षिप्त धारणा बोल्दै पकरवासका वडा अध्यक्ष मनोज पौडेलले भने ‘त्यो दिन हाम्रो सचिव ज्यू, र कम्प्युटर अपरेटर हुनुहुन थियो । म, बाहिर थिए । मैले सूचना सार्वजनिक गर्नु छ भनेको थिए । तर, नबुझी भुलबस सार्वजनिक गरेछन् । त्यो भुलबस् भएको हो ।’

 

कार्यालय सहयोगी तामाङबाट भुलबस गल्ती भएको तर्क गर्दै अध्यक्ष पौडेलले कार्यालय सहयोगीको बचाउ गरे । त्यस्तै यसै विषयमा बुझ्नलाई रामेछाप टाइम्सले पालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरव केसीलाई फोन गर्दा उठाएनन् । 

 

यता जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेले वडाले दिएको जिम्मेवारी अनुसारको कर्तव्य हुने भन्दै जिम्मेवारी भन्दा बाहिर गएर कुनै काम गर्न नमिल्ने प्रस्ट पारे । 

 

उनले भने ‘हस्ताक्षर गर्नै नमिल्ने भन्ने हुँदैन । विशेष परिस्थितिमा गर्न पनि सकिन्छ । तर, अनुमति छ छैन भन्ने कुरा पनि रहन्छ ।’ कार्यालय सहयोगीले हस्ताक्षर गर्नै नमिल्ने भन्ने कतै नलेखिएको थप प्रस्ट पार्दै ‘विषयको गाम्भीर्यता र परिस्थितिमा गर्न नपाइने भने हुँदैन भने ।’

 

रामेछाप टाइम्स
| बैशाख २३, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));