जिल्ला अस्पताल रामेछापको ‘डायलिसिस’ मेसिन तीन पटक उद्घाटन भएको खुलाशा, मेसिनै बिग्रिएर थन्कियो

| माघ १५, २०८० सोमबार

१२ फागुन, २०७९ मा पहिलो पटक डायलायसिस सेवा सुरु भएको भन्दै खिचिएको तस्बिर फाइल ।
A A A
A A A

१५ माघ, रामेछाप । केही दिन अगाडि मात्रै मेलम्चीको पानी काठमाडौँमा पुनः वितरण गर्दा पाँचौँ पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भएको विषयले देशव्यापी चर्चा पाएको थियो । 

 

तीन तहको सरकारमा मन्त्री र कर्मचारी को कति बेला के बन्ने  र खुस्किने टुङ्गो नहुँदा आफू बनेको बेलामा अपूरो काम हुँदा हुँदै हतारमा उद्घाटन गरेरै भए पनि जस लिने दाउको सिकारमा पर्दा सम्बन्धित पक्षहरू आलोचित हुन त पुगेका छन्नै त्यसको प्रभाव र असर समेत ठुलै पर्ने देखिएको छ । जसलाई सजिलो सँग बुझ्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अपूरो धरहराको उद्घाटन गरेको विषयलाई हेर्दा हुन्छ । धरहरा उद्घाटन भएको वर्षौँ भयो तर, अहिले सम्म न निर्माण नै सकिएको छ । न, त सर्वसाधारणले त्यसको सुविधा लिन सकेका छन् । 

 

यस्तै परिस्थिति जिल्ला अस्पताल रामेछापको ‘डायलिसिस’ सेवा शुभारम्भमा समेत देखा परेको खुलासा भएको छ । बागमती प्रदेश अन्तर्गत सञ्चालित जिल्ला अस्पताल रामेछापमा पहिलो पटक १२ फागुन, २०७९ मै  सेवा विस्तार भएको थियो । त्यति बेला तत्कालीन बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने सहितले अस्पतालमै एक समारोहका बिच ‘डायलिसिस’ को सेवा उद्घाटन गरेका थिए । 

 

मिर्गौला रोग (किड्नी) बाट पीडितहरूले अनिवार्य गर्नु पर्ने ‘डायलासिस’ सेवा उद्घाटन भएपछि जिल्लामै सेवा पाउने आशामा खुसी भएका सेवाग्राहीहरू भने हठात्मा गरिएको उद्घाटनका कारण निराशा बन्न पुगेका छन् । सेवा सुरु गर्न आवश्यक सबै तयारी नै नसकिँदै गरिएको उद्घाटन कै कारण अहिले सम्म सेवा सुचारु हुन त परको कुरा आवश्यक उपकरणहरु नै पूर्ण रुपमा जोडिएको छैन् । 

 

उद्घाटन गरिएको भनिएको मितिलाई आधार मान्ने हो भने उद्घाटन भएको झण्डै एक वर्ष बित्न लाग्दा समेत अहिले सम्म सेवा सुचारु हुन नसकेको हो । 

 

गएको बुधवार जिल्ला अस्पतालको आर्थिक वर्ष ०७९/०८० को सामाजिक परीक्षण सार्वजनिक र अस्पतालको हाल सञ्चालित गतिविधि बारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा बोल्दै मेडिकल सुपरिटेण्डेन् डा.केशव श्रेष्ठले अहिले सम्म सेवा प्रवाह हुन नसकेको बताए । ‘डाइलासिस् सेवा उद्घाटनको लहडले गर्दा समस्या भएको हो । यो ३ पटक उद्घाटन भइसक्यो । म, आउँदा मेसिन मात्रै थिए । अहिले एउटा सामान बिग्रिएर बनाउन लगिएको छ । त्यो बनेर आएपछि सुरु हुन्छ ।’

 

डा.श्रेष्ठले नै पटक–पटक उद्घाटन गरिएको बारेमा प्रस्ट्याउँदै सेवा हाल सम्म सुचारु नभएको बताए । 

 

त्यस्तै अस्पतालका सूचना अधिकारी रवीन्द्र चौधरीले पनि मेसिनका केही उपकरणहरू बिग्रिएको कारण मर्मतको काम भइरहेको रामेछाप टाइम्सलाई बताए । ‘केही उपकरणहरू बनाउन लगिएको छ । डा.ले पनि मेसिन चलानको लागि निकै पहल गर्नु भएको छ । बनेर आए पनि अब चैँ सुरु हुन्छ ।’

 

रामेछाप टाइम्सले कुन-कुन मितिमा उद्घाटन भएको र क कसले गरे भनेर सूचना अधिकारीसंग चार दिन सम्म माग गर्दा उनले उक्त विषय जानकारी गराउन चाहेनन् । 

 

मिडियाहरूमा एक वर्ष अगाडि नै सेवा सुरु भएको भनेर प्रचारप्रसार भएर त्यहाँ सेवाको लिन पुग्ने बिरामीहरू भने निराश भएर फर्किन बाध्य भएको पाइएको हो । 

 

मन्त्री, कर्मचारी र अस्पतालका चिकित्सकहरू सहितले सेवा सुरु भएको बारेमा सामाजिक सञ्जाल सहित विभिन्न माध्यमबाट समेत प्रचारप्रसार गरेको एक वर्ष सम्म सेवा नै प्रारम्भ नभएको खुलासा भए पछि अस्पताल प्रशासन भने माथिबाट हुने भिजिट र देखाउन खोज्ने प्रगतिले गर्दा समस्या भएको दाबी गर्छ । 

 

यो पनि पढ्नुहोस् 

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक सुरु भयो ‘डायलायसिस्’ सेवा (भिडिओसहित)

जिल्ला अस्पताल रामेछापमै ‘डायलासिस’ !

जिल्ला अस्पताल ‘रामेछाप सफा र सुन्दर’ : भूगोलले गर्दा आधा जनता सेवाबाट बञ्चित्, यस्ता छन् सेवाहरु (भिडिओसहित)

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));