रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटनामा परी मन्थली-२ का युवाको मृत्यु, पछाडि बस्ने घाइते

| बैशाख ३, २०८१ सोमबार

फाइल फोटो ।
A A A
A A A

३ वैशाख, रामेछाप । रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एकको मृत्यु भएको छ । पछाडि बस्ने अर्का एक जना घाइते भएका छन् । 

 

दुर्घटनामा मन्थली नगरपालिका वडा नं २ कठजोर बस्ने २६ वर्षीय असोक नेपालीको उपचारको क्रममा सिन्धुली स्थित खाल्टे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

टाउकोमा चोट लागेर गम्भीर अवस्थामा उपचारको लागि धुलिखेल तर्फ लैजाने क्रममा नेपालीको खाल्टे अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

बागमती प्रदेश ८९ प ४३८२ नम्बरको मोटरसाइकलको पछाडि बस्ने दोलाखाको मेलुंङ गाउँपालिका वडा नं २ घ्याङ बस्ने ३० वर्षीय सन्जित दर्जी सामान्य घाइते भएका छन् । 

 

सोमबार (आज) दिउँसो १ बजे तिर तिल्पुङबाट काठमाडौँ जाँदै गर्दा खाँडादेवी गाउँपालिका वडा ३ भिरपानीमा मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको घटना स्थलमा पुगेका प्रहरी हवलदार नानीबाबु थापाको टोलीले जानकारी दिएको हो । 

 

सोमबारै मन्थली स्थित भटौलीमा पनि टिफर दुर्घटनामा चालकको मृत्यु भएको थियो । भने सह–चालक गम्भीर घाइते भएका थिए । घाइते सहचालकको थप उपचारको लागि ट्रमा सेन्टर पठाइएको छ । 

 

संपादकः यस अगाडि जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको विवरणमा मृतक कार्की हो भन्ने जानकारी पठाएकोमा प्रहरीले पुनः सच्याएको भन्दै अर्को नाम र ठेगानासहितको जानकारी पठाएकाले समाचारको हेड्लाइन र पूरा विवरण थपगढसहित मिलाइएको छ ।  सूचनाको भुलबस् भएको गल्तिमा हामी  क्षमायचना गर्दछौं । 

रामेछाप टाइम्स
| बैशाख १७, २०८१ सोमबार
रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));