नेविसंघ रामेछापले न्यूनतम २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याउने मागसहित १७ बुँदे ज्ञापन पत्र बुझ्यो मन्थली नगरपालिकालाई (पत्रसहित)

| बैशाख ६, २०८१ बिहिबार

A A A
A A A

६ वैशाख, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । संघको ५५ औँ स्थापना दिवसको अवसरमा आज ७५३ वटै पालिकामा पत्र बुझाउने केन्द्रको निर्देशन अनुसार पत्र बुझाएको संघका जिल्ला अध्यक्ष विनोद बुढाथोकीले जानकारी दिए । 

 

उनका अनुसार जिल्ला उपाध्यक्ष युवराज सुवेदीसहितको टोलीले नगरपालिकामा पुगेर नगर प्रमुख श्रेष्ठलाई १७ बुँदै मागसहित ज्ञापन पत्र बुझाएको हो । 

 

संघले वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एवं अनुसन्धान गर्न तथा आधारभूत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न, संविधानले व्यवस्था गरेको अधिकारलाई आत्मसात् गर्दै विद्यालय शिक्षा पूर्णतः निःशुल्क गरेको छ । 

 

साथै स्थानीय सरकारले समेत आफ्नो कुल वार्षिक बजेटको न्यूनतम २० प्रतिशत अनिवार्य सार्वजनिक शिक्षामा विनियोजन गर्न माग गरेको छ । 

 

बालबालिकाको सर्वाङ्गीण विकासकालाई उच्च महत्त्व दिँदै पूर्व प्राथमिक शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन, खेलमा आधारित पूर्व प्राथमिक कक्षा पाठ्यक्रम बनाउन, पोषणयुक्त दिवा खाजा, पर्याप्त खेलकुद एवं मनोरञ्जनका सामाग्री उपलब्ध गराउन र विभिन्न प्रकारका प्रविधिमैत्री शैक्षिक सामग्रीहरू उपलब्ध गराउनु पनि स्थानीय सरकारको ध्यानाकर्षण गरेको छ । 

 

यो हेर्नुहोस् ज्ञापन पत्र 

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));