रामेछापको खाँडादेवीमा बोलेरो पल्टिँदा १५ जना घाइते

| बैशाख १२, २०८१ बुधबार

A A A
A A A

१२ वैशाख, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ मा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । केही घाइतेहरूको उद्दार गरी मन्थली अस्पतालमा उपचार भइरहेको छ । 

 

बुधवार (आज)  दिउँसो २ ः ४५ बजेको समयमा खाँडादेवी गाउँपालिका वडा नं ४ को सान्नेफेदी भन्ने ठाउँ स्थित त्रिवेणी तर्फबाट सान्ने तर्फ जाँदै गरेको बा ६ च ९१६२ नम्बरको बोलेरो गाडी दुर्घटनामा पर्दा बोलेरोमा सवार १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

घाइतेहरूलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोली सहितले उद्दार गरी मन्थली अस्पताल रामेछापमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको हो । 

 

घाइतेहरूको परिचय सहितको विवरण खुल्न बाँकी रहेको छ । 

 

बोलेरो गुडिरहेको अवस्थामै अचानक ब्याक हुँदा सडकबाट पल्टिएको प्रहरीको भनाई छ । गुड्दा गुड्दै पल्टिएको बोलेरोका चालक मन्थली नगरपालिका वडा नं ७ मुगीटार बस्ने ३६ वर्षीय अरुण माझीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान थालेको प्रहरीको भनाई छ । 

 

खाँडादेवी गाउँपालिका क्षेत्रमा पछिल्लो समय सडक दुर्घटना बढेको छ । नयाँ वर्ष २०८१ को पहिलो दिन १ गते पनि खाँडादेवी मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका थिए । 

 

त्यस्तै केही दिन पछि पनि खाँडादेवी हुँदै काठमाडौँ जाने (खाँडादेवी-सित्खा सडक मार्ग) क्रममा मोटरसाइकल दुर्घटनामा एक युवाको घटना स्थलमै ज्यान गएको थियो । 

रामेछाप टाइम्स
| बैशाख २३, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));