रामेछापमा बन्दको प्रभावः विद्यालय ठप्प, सवारी साधान आंशिक चल्दै (फोटोफिचर)

| भदौ ७, २०७९ मंगलबार

A A A
A A A

७ भदौ, रामेछाप । रामेछाप जिल्लामा पनि नेपाल बन्दको प्रभाव परेको छ । आज मंगलबार नेपाल कम्युनिष्ट पार्टी (विप्लव) नेतृत्वको नेकपा (विप्लव) ले देशब्यापी बन्द घोषणा गरेपछि जिल्लाका अधिकांश विद्यालय पूर्ण रुपमा बन्द भएका हुन् । 


जिल्ला सदरमुकाम मन्थलीमा रहेका विद्यालयहरु अधिकांश खुलेका छैन् । सवारी साधानहरु भने लामो दूरीका छुटेका छन् । जिल्लाभित्र निर्वाध रुपमा सवारी साधानहरु चलिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजुप्रसाद ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘सवारी साधान चलेका छन्, पसलहरु पनि खुलेका छन् । अप्रिय घटना भएको जानकारीमा आएको छैन् ।’  

 

बिहानै देखि मन्थली बजारमा प्रहरी परिचालित भएका छन् । विप्लवले सरकारसंग गरेको सम्झौता कार्यान्वय नभएको भन्दै देशब्यापी बन्द घोषणा गरेका जनाएको छ । गएराति जिल्ला सदरमुकाम मन्थलीमा मसाल जुलुस पनि निकालेको थियो । 

 

जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङले पनि आफूहरु तयारी अवस्थामा रहेको बताउदै अप्रिय जानकारी नआएको बताए  । उनले बन्दको हल्लाले गर्दा सवारीहरुले अरु दिनको जति प्यासेन्जर नपाउँदा सवारी नचलेको दाबी गरे ।


बिद्यालय बन्द भएको अवस्थामा अरु बेला छिट्फूट् देखिने सवारी साधानहरु मन्थलीमा आज भने धेरै लामबद्ध देखिन्छ ।

तस्विरहरु हेर्नुहोस्