मन्थली क्याम्पसको सञ्चालक समिति अध्यक्षमा घिमिरे र सुवेदीको प्रतिस्पर्धा, मतदान जारी (तस्विरहरु)

| माघ १४, २०८० आइतबार

दायाँबाट नवजरा घिमिरे र उज्वल सुवेदी, तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स ।
A A A
A A A

१४ माघ, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समिति चुन्न मतदान सुरु भएको छ । क्याम्पसको मानविकी संख्या भवनमा बिहान १० ः ३५ देखि मतदान सुरु भएको हो । निर्वाचन समितिको संयोजक एवं मन्थली क्याम्पसकी सहायक क्याम्पस प्रमुख रीता दाहालले रामेछाप टाइम्सलाई बताइन् । 

 

बिहान ११ ः १० बजे सम्म ३४ मत खसेको छ । 

 

क्याम्पस सञ्चालक समिति पदको लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरी उम्मेदवार उठाएका छन् । भने, नेकपा एमालेले एकलै उम्मेदवार खडा गरेको छ । 

 

गठबन्धनबाट पूर्व शिक्षक नवराज घिमिरेको नेतृत्वमा रामचन्द्र अधिकारी, नवीन केसी, दीपक राज प्रसाईँ र युवराज सुवेदी उम्मेदवार बनेका छन् । 

 

 

त्यस्तै नेकपा एमालेको तर्फबाट युवा उम्मेदवार उज्वल सुवेदीको नेतृत्वमा रमेश कुमार उदाश र शान्ता सुवेदी (न्यौपाने) उम्मेदवार बनेका छन् । 

 

एक अध्यक्ष र एक महिला सदस्य सहित ६ जना निर्वाचित हुने छन् । जसको लागि क्याम्पसका आजीवन सहित १२२ जना सदस्यले मतदान गर्ने छन् । 

 

 

६ पदको लागि यस अगाडि १२ जनाले उम्मेदवारी दर्ता गरेको भए पनि गङ्गादेवी, कार्की सुरेन्द्र बहादुर कार्की र हरिवंश कडरिया उम्मेद्वरी फिर्ता लिएको निर्वाचन समितिले जनाएको हो । 

 

जिल्ला भित्रका ९ वटा क्याम्पस कै तुलनामा सदरमुकाम मन्थली स्थित ‘मन्थली क्याम्पस’ को नेतृत्वको लिन राजनीतिक दलहरू रस्साकस्सी सहित चुनावी मैदानमा रहेका छन् । 

 

 

यस अगाडि रामचन्द्र घिमिरे (वियोगी) नेतृत्वमा सञ्चालक समिति रहेको थियो । 

 

मतदान जारी हेर्नुहोस् तस्बिरमा । तस्बिर मिलन घिमिरे (बि.क)/रामेछाप टाइम्स। 

गठबन्धन तर्फका अध्यक्षका उम्मेद्वार नवराज घिमिरे 

नेकपा एमालेका उम्मेद्वार उज्वल सुवेदी 

 

यो पनि पढ्नुहोस् 
मन्थली क्याम्पसमा व्यवस्थापन समितिको चुनाव लाग्यो, नेतृत्व लिन दलहरू बिच रस्साकस्सी सुरु