सशस्त्र प्रहरी रामेछापले गर्‍यो आगोलागि एवं डढेलो नियन्त्रणको ‘डेमो’ प्रदर्शन (भिडिओसहित)

| बैशाख ६, २०८१ बिहिबार

A A A
A A A

६ वैशाख, रामेछाप । सशस्त्र प्रहरी रामेछापले आगोलागि एव डढेलो नियन्त्रणको ‘डेमो’ प्रदर्शनी गरेको छ । केही महिना यता तीव्र रूपमा लागिरहेको डढेलो नियन्त्रणमा लिने क्रममा धेरै घाइते हुने तथा ज्यानै जाने घटनाहरू बढी रहेको तर्फ ध्यानाकर्षण भएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न ‘डेमो’ प्रदर्शनी गरिएको सशस्त्र प्रहरी बल रामेछापले जनाएको छ । 

 

बिहीबार बिहान सशस्त्र प्रहरी रामेछापको क्याम्प परिसरमा कार्यालय प्रमुख एवं (डिएसपी) सूर्य प्रकाश शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने, मन्थली नगरपालिका वडा नं २ का अध्यक्ष सुरेन्द्र बहादुर कार्की, नेपाल प्रहरी रामेछापका प्रमुख (डिएसपी) प्रदीप कुमार सिंह, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रामेछापकी उमा अधिकारी, रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठ, जिल्ला रेड्क्रश शाखा, मन्थली नगरपालिका र पत्रकार सञ्चारकर्मीहरू सहितको उपस्थितिमा आगो नियन्त्रण सम्बन्धि जनचेतना मूलक कार्यक्रम गरिएको हो । 

 

वनबाट सल्किएको आगो घर बस्तीमा सल्किएपछि धन जनको क्षेती हुनबाट जोगाउने, नियन्त्रणमा कसरी लिने, घाइतेहरूको उद्दार र उपचार, राहत वितरण लगायत सुरक्षित तरिकाबाट आगो नियन्त्रणमा लिन सकिन्छ भनेर सशस्त्र प्रहरीले प्रयोगात्मक कार्य गरेको हो । 

आगो निभाउन मन्थली नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । साथै रेड्क्रश रामेछाप शाखाले एम्बुलेन्स सहित उद्धारको सामाग्रीहरू उपलब्ध गराएको थियो । 

 

सोही ‘डेमो’ प्रदर्शनी समापनलाई सम्बोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले साँच्चिकै आगोलागि हुँदै कसरी कम क्षेती गर्न प्रयास गर्ने भन्ने बारेमा यो कार्य उपलब्धि मूलक बनेको बताए । उनले वर्षा याम समेत सुरु हुन लागिरहेको उल्लेख गर्दै बाढी पहिलो तर्फ पनि सचेत हुनु पर्नेमा जोड् दिए । उनले पछिल्लो घटनाहरूमा पनि खेलेको भूमिकाले नागरिकको विश्वास बढ्दै गएको दाबी गरे। 

सशस्त्र प्रमुख शर्माले विपद्मा पनि आगोलागि गम्भीर प्रकृतिको घटना भएकाले सबै सचेत हुनु पर्नेमा जोड् दिए । सोचे भन्दा निकै राम्रो र छिटो छरितो डेमो प्रदर्शन भएकोमा खुसी व्यक्त गर्दै विपद्मा जुट्न आफूहरू आन्तरिक तयारीमा समेत रहेको जानकारी गराए ।