वृहत् रामेछाप महोत्सव : बजार नपाएर ‘खेर’ गइरहेका कृषि उत्पादनले ठाउँ पाए (फोटोफिचर)

| पुस २७, २०८० शुक्रबार

A A A
A A A

२७ पुस, रामेछाप । कोरोना महामारी, आर्थिक मन्दी, चर्को मूल्य वृद्धि लगायतले सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन र जिल्लामा उत्पादित सामाग्रीको प्रचारप्रसार, खरिद् बिक्री गर्ने उद्देश्यले आयोजित ११ दिने वृहत् रामेछाप महोत्सवमा जिल्ला भित्र र बाहिरबाट कृषि उत्पादन सहितका सामाग्रीले बजार पाएको छ । 

 

जिल्लाको आठ वटै स्थानीय तहमा उत्पादित कृषि उत्पादन फलफूल, तरकारी, ढाकाका उत्पादित लत्ता कपडा, नेपाली हाते कागजका सामाग्री, जातीय पहिचान बोकेका थाङ्का सजाबाटका सामाग्री, हातले बुनेका गलैँचा, ओछ्याउने, गेडागुडी, दाल, तरकारी गुन्द्रुक देखि बजार नपाएर बसेका उत्पादनले बिक्री लागि स्टलमा भरि भराउ राखिएको छ । 

 

त्यस्तै जिल्लाकै पहिचान समेत पाएको रामेछापको जुनार, सुन्तला, दूधसहित दूधका विभिन्न परिकार, स्थानीय ब्राण्ड समेत पाएको चार घरे (गेडागुडी), ठेकी, नाङ्लो डोको, काठका सामाग्री, सजावटका सामाग्रीहरू अहिले धमाधम बिक्री हुन थालेको हो । 

 

बजार नपाएर कुहिएर खेर जाने यी सामाग्री ले बजार पाएपछि स्थानीयहरू खुसी देखिन्छन् । 

 

आयोजकले यस्ता स्टलहरूलाई निःशुल्क राख्ने व्यवस्था समेत गराएको जनाएको छ । त्यस्तै महोत्सवमा पुग्नेहरूको प्रत्यक्ष कारोबारमा जोड्ने उद्देश्यले मञ्च आसपासका स्टलहरूमा यी सामाग्रीलाई राखिएको छ । 

 

बिहीबार हिजो देखि सुरु भएको महोत्सवमा कृषि उपजलाई पहिलो प्राथमिकता दिएको आयोजक रामेछाप उद्योग वाणिज्य संघको जिकिर छ । 

 

यी सामाग्री सहित होटेल, पसल र अन्य आधुनिक सामाग्रीले समेत स्टलहरू भरिएका छन् भने दोस्रो दिने देखि कारोबार बढ्नेमा व्यापारीहरू आसावादी देखिन्छन् । 

 

तस्बिरहरु हेर्नहोस्