मन्थलीका बैंक तथा वित्तीय संस्थाहरूले संयुक्त रूपमा गरे ‘ग्लोबल मनीविक्’ र्‍याली (फोटोफिचर)

| चैत ९, २०८० शुक्रबार

A A A
A A A

९ चैत, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा संचालित बैंक तथा वित्तीय संस्थाहरूले ‘ग्लोबल मनीविक्’ कार्यक्रम सम्पन्न गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरू आर्थिक संकलन् मात्रै गर्ने नभएर जम्मा भएको रकमलाई सही उत्पादनमा कसरी लगाउने भन्ने विषयमा पनि चिन्तित रहेको सन्देश दिन र्‍याली आयोजना गरिएको आयोजकको भनाई छ । 

 

‘प्रोटेक्ट युवर् मनी, सेक्युेवर फियूचर’ भन्ने मूल नारा सहित बैंक तथा वित्तीय समूह (बिआइजी) को अग्रसरतामा मन्थलीमा संचालित सबै बैंक तथा वित्तीय संस्थाहरूले सचेतना मूलक संयुक्त र्‍याली शुक्रवार बिहान सम्पन्न गरेका हुन् । 

 

राष्ट्रिय वाणिज्य बैंक सहित सबै बैंक, लघु वित्त,सहकारी र इन्स्योरेन्सहरुका प्रमुख तथा प्रतिनिधि सहभागीहरूले मन्थली–१ को भैशेश्वर चोकदेखि ट्राफिक बिटसम्म विभिन्न सचेतन मूलक नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका हुन् । 

देवकोटा चोकमा भएको कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय वाणिज्य बैङ्कका शाखा प्रमुख मीनबहादुर भुजेलले ‘बैङ्कहरू पैसा जम्मा मात्रै गर्ने भन्दा पनि जम्मा भएको पैसालाई लगानी गर्न पनि चिन्तन्शिल छन् । हाम्रो ध्यान त्यता पनि गएको छ भन्ने सन्देश दिन चहान्छौं’, भने । 

त्यस्तै (बिआइजी) समूह रामेछापका अध्यक्ष प्रदीप कार्कीले  यहाँ संचालित बैंक तथा वित्तीय संस्थाहरू एक छन् र मिलेर आर्थिक समृद्धिको लागि काम गरिरहेका छन् भन्ने सन्देश दिन र्‍यालीले महत्पूर्ण भूमिका खेलेको धारणा राखे ।