रामेछाप टार गाउँका आगोलागि पीडितलाई इन्द्रेणीको टिमले दियो ३ लाख ९५ हजार (फोटोफिचर)

| चैत ६, २०८० मंगलबार

A A A
A A A

६ चैत, रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ टार गाउँका आगोलागि पीडितहरूलाई लोक कार्यक्रम इन्द्रेणीको टिमले सहयोग गरेको छ । विभिन्न सहयोगी दाताबाट उनीहरूलाई सहयोग प्राप्त भइरहेको छ । यस अगाडि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पीडितहरूलाई एकद्वार प्रणाली मार्फत सहयोग गर्ने निर्णय गरी सकेको छ । 

 

 

गत चैत १ गते नजिकैको वनमा लागेको आगो बस्तीमा सल्किँदा जलेका १२ घर परिवारलाई लाइभ दोहोरी कलाकार एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलसहितको टिमले आगोलागि स्थलमै आएर सोमबार नगद ३ लाख ९५ हजार हस्तान्तरण गरेको कँडेलले बताएका हुन् । 

 

रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरे नगरका अन्य कर्मचारीहरू सहितको उपस्थितिमा पीडितहरूलाई कँडेलले चेक प्रदान गरेका हुन् । 

 

हावाहुरीले बस्तीमा सल्किएको भीषण आगोलागिमा परी १२ घरको २६ घर गोठ जलेर नष्ट भएको थियो । साथै पशु चौपाया समेत मरेका छन् । आगोलागि पीडितहरूलाई विभिन्न क्षेत्रबाट अहिले सहयोगहरू प्राप्त हुन थालेको छ । आइतबार मात्रै नगरपालिकाले महिला र बालबालिकालाई कपडा प्रदान गरेको थियो । 

 

तस्बिर स्रोत कृष्ण कंडेल फेस्बुक ।