यस्तो देखियो २० तस्बिरमा तीन दलिय गठबन्धनको स्ववियुमा उम्मेद्वारी दर्ता

| फागुन २७, २०७९ शनिबार

A A A
A A A

२७ फागुन, रामेछाप । जिल्लाकै एक मात्रै स्ववियु हुने मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा आउँदो नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन र एकीकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) रामेछापले अभिनाश कार्कीको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । 

 

आज शनिवार नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ  (कान्छाराम) सहित नेपाली काँग्रेस र माओवादीका नेताहरू सहित पुगेको टिमले ‘ब्याच्लर सेकेण्डइयर’ मा अध्ययनरत विद्यार्थी नेता कार्कीलाई सभापतिको उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरेको छ । 

 

गठबन्धनको टिमले आफ्नो प्यानलको जित शुनिश्चित रहेको बताएको छ । 

 

तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स