बजार अनुगमनः फेन्सी पसलमा एग्रोभेटको औषधि र विषादी बेचेको भेटिएपछि गाल्वा बजारका २ वटा पसल जरिवाना सहित बन्द,एउटै पसलको ७६,२६१ रुपैयाँको सामान नष्ट

औषधि र विषादि जस्तो सम्बेदन्शिल सामानको अनुमतिनै नलिकन बेच्नु कानून विपरित

| चैत ४, २०७९ शनिबार

A A A
A A A

४ चैत, रामेछाप । रामेछापको गाल्वा बजारमा उद्देश्य विपरीत र अनुमति नलिई सञ्चालन गरेको तीन वटा पसल सिलबन्दी गरी गरिएको छ । साथै ८० हजार भन्दा माथिको म्याद गुज्रेका सामाग्रीहरू जफत गरिएको छ । भने, दुई वटा पसललाई कूल १५ हजार जरिवाना तिराइएको छ । 

 

गत फागुन २८ गतेदेखि ३० गते सम्म खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिकाको गाल्वा बजार र दिमिपोखरीका पसलहरुमा गरिएको अनुगमनमा बिगबिगी रूपमा रहेका म्याद गुज्रेका सामाग्री भेटिएको र अनुमति नै नलिई सामान खरिद बिक्री गरेको पाइएपछि जरिवाना सहित बन्द गरिएको घरेलु तथा साना उद्योग कार्यालय रामेछापका नीरज खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनले भने ‘अनुमति नलिई फेन्सी पसलमा मेडिकलका सामान,एग्रोभेट्का औषधि, विषादी राखेर बेचेको पाइयो त्यसैले कारबाही गरेका हौँ । 

 

घरेलु तथा साना उद्योग कार्यालय प्रमुख एवं अनुगमन निरीक्षक सुबोध कुमार साह कर्मयोगी, जिल्ला प्रशासन कार्यालयकी प्रतिनिधि सम्झना भुजेल, राष्ट्रिय उपभोक्ता मञ्च, रामेछाप अध्यक्ष दीपक कार्की, र अस्थायी प्रहरी पोस्ट गाल्वाका प्रहरी हल्वदार पुरण वि.क सहितको अनुगमन टोलीले चार वटा पसलमा गरेको अनुगमन गर्दा ठुलो मात्रमा म्याद गुज्रेका सामान र विधि अनुसार नचलेका पसल बन्द गरेको खड्काले बताए । 

कपडा पसलमा औषधि र विषादि बेच्न राखिएको पसल 

अनुगमनका क्रममा सुनापती गाउँपालिका २ दिमिपोखरी मैरेमा सञ्चालित जेनिता एण्ड जेनिका किराना पसललाईले अनुमति बिना सामान बेचेको पाइएकाले प्रदेश व्यापार तथा व्यवसाय ऐन, २०७६ को दफा ६० को खण्ड (क) बमोजिम रु १० हजार जरिवाना तिराइएको छ । 

 

त्यस्तै सोही ठाउँको गाल्वा बजारमा सञ्चालित आर.एस‍. फेशन वेयर पसललाई पनि प्रदेश व्यापार तथा व्यवसाय ऐन, २०७६ को दफा ६० को खण्ड (ख) बमोजिम रु ५ हजार जरिवाना गरिएको बताए । औषधि र विषादि जस्तो सम्बेदन्शिल सामानको अनुमतिनै नलिकन बेच्नु कानून विपरित हो । यसले मानिसको स्वास्थ्यमा ठूलो असर गर्न सक्छ । परिस्थिनै अर्को बन्न पनि सक्छ । यो गम्भीर घटना हो खड्काले भने ।'

कुल ८ वटा पसलहरूमध्ये ३ वटा दर्ता नगरी सञ्चालनमा  रहेको भेटिएपछि ती पसललाई ७ दिन भित्र सम्बन्धित निकायमा दर्ता गर्न कडा निर्देशन दिइएको उनले सुनाए । 

 

त्यस्तै मूल्य सूचि र साइन बोर्ड नभएका व्यवसायीलाई साइन र सूची राख्न, म्याद नाघेको÷ग्रुजेका सामानहरू बिक्री गर्न राखिएको भेटिएमा कानुन बमोजिम कडा कारबाही गर्ने, मुख्य खाद्यान्न, किराना, कस्मेटिक तथा पुस्तक लगायत अनुमति लिएर मात्रै व्यवसाय गर्न, निर्देशन गरिएको उनले बताए । 

 

आफूहरूलाई सम्बन्धित निकायबाट मूल्य वृद्धि, म्याद गुज्रेका सामानको खरिद, बिक्री धेरै भएको गुनासो पटक–पटक आएपछि भएको अनुगमनमा बजारमा म्याद सकिएका सामानको बिगबिगी भएको उनले बताए । 

 

घरेलुका सूचना अधिकारी समेत रहेका खड्काले तेज पुस्तक पसल खाँडादेवीबाट ५ हजार ४०, अग्लेश्वरी किराना पसल सुनापति २ बाट ३ हजार १५०, आङ छिरिङ किराना पसल सुनापतिबाट ४ सय, जेसिता एण्ड जेसिका किराना पसल सुनापति २ बाटै ७६ हजार २६१ रुपैयाँको म्याद गुज्रिएका सामान जफत गरी नष्ट गरिएको जानकारी दिएका हुन् । 

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));