स्ववियु निर्वाचन : मन्थली क्याम्पसमा १२ बजे सम्म ३ सय बढी मत खस्यो (फोटोफिचर)

| चैत ५, २०७९ आइतबार

A A A
A A A

५ चैत, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा जारी स्ववियु निर्वाचनमा यो समाचार तयार पार्दा सम्म ३ सय भोट खसेको छ । बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा यहाँ मतदान जारी छ । यहाँ गठबन्धन  र एमाले निकट विद्यार्थी बिच प्रतिस्पर्धा देखिएको छ । 

 

कार्की स्नातक तह मानविकी सङ्काय दोस्रो वर्षमा अध्ययनरत नेपाल विद्यार्थी संघ (नेविसंघ) का अविनाश कार्कीको नेतृत्वमा नेपाली काँग्रेस निकट नेविसंघ), नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी) र एकीकृत समाजवादी पार्टी(एस) निकट अनेरास्ववियू तालमेल सहित चुनावी मैदानमा छन् । 

 

भने, एमाले निकट अनेरास्ववियुका पुष्कर भट्टराईको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा छन् । क्याम्पसमा ७०३ मत रहेको जनाइएको छ । 

 

क्याम्पस प्राङ्गणमा मतदान भइरहेको छ । जसको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । 

 

स्ववियु निर्वाचनलाई आ–आफ्नो पक्षमा पार्न सङ्घीय सांसद, प्रदेश सांसद, नगरपालिकाका प्रमुख उपप्रमुख, वडा अध्यक्ष सहितका पार्टीका शीर्ष नेताहरू पनि मतदान स्थलमा उपस्थित भएर विद्यार्थीलाई मत मागी रहेका छन् । 

 

मतदान ४ बजे सम्म हुने जनाइएको छ । 

 

तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स