पकरवास वडा भवन निर्माण विवादः अध्यक्ष भन्छन् ‘माथि गाउँलेले हातपात गरे, मोटरसाइकल पनि तोडफोड भयो’

| बैशाख २९, २०८० शुक्रबार

A A A
A A A

२९ वैशाख,रामेछाप । रामेछापको खाँठादेवी गाउँपालिका वडा नं ५ पकरवासका वडा अध्यक्ष मनोज पौडेलले आफूमाथि हातपात भएको बताएका छन् । साथै उनी चढ्ने प्रदेश ३–०२–००१ ब १६७४ नम्बरको स्कुरमा (मोटरसाइकल) पनि तोड्फोड् भएको छ । 

 

वडा कार्यालय भवन निर्माण गर्ने विषयमा विवाद हुँदा आक्रोशित स्थानीयले वडा अध्यक्ष पौडेलमाथि बाटो छेकेर हातपातमा उत्रिएको अध्यक्षले रामेछाप टाइम्सलाई बताए ।  ‘म पालिकाबाट फर्किँदै थिए सिकारी डाँडामा एकहुल मान्छेले बाटो छेकेर मलाई हातपात गर्न थाले, बाई तोडफोड गर्न थाले अनि म त्यहाँबाट हिँडे’ वडा अध्यक्ष पौडेलले रामेछाप टाइम्ससंग भने।

 

वडा कार्यालय निर्माण थालेको २ दिन नपुग्दै उनीमाथि बिहीवार उक्त घटना भएको हो । स्थानीयहरूले अपायक ठाउँमा वडा कार्यालय निर्माण गर्न लागेको भन्दै अगाडि बढाएको काम ‘लेआउट’ समेत २ पटक भत्काएर विरोध गरेका थिए । 

 

अध्यक्ष पौडेलका अनुसार आफू त्यहाँ बसेको भए ठूलै घटना हुने थियो । तर, म त्यहाँबाट हिँडे । 

 

उनले आफूमाथि हातपात हुनेमा कसैको चलखेल भएको आरोप समेत लगाए । अध्यक्ष पौडेलले नाम नलिन भने ‘जिल्ला समन्वय समितिका प्रमुख पनि आज यतै आउनु भएको रहेछ । उहाँले मलाई हातपात गर्ने टिमसँग पनि भेट्नु भएको रहेछ । आजै उहाँले भेट्नु र आजै हातपात हुने यो संजोक हैन । उनले थपे 'मलाई उहाँले अस्ति पनि फोनमा थर्काउनु भएको थियो । आज उहाँ त्यहाँ स्थानीयलाई भेटेपछि म, माथि हातपात भयो ।' 

खाँडादेवी गाउँपालिकाको गम्भीर ध्यानाकर्षण, कारबाही गर्न माग

अध्यक्ष पौडेलले घुमाउरो पारेले जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्काले आफूमाथि हातपात गर्न स्थानीयहरूलाई उचालेको आरोप लगाएका हुन् । उनी अहिले मन्थलीमा आएर आज भएको घटनाबारे प्रहरी र पालिकालाई जानकारी गराएर बसेको बताए । 

 

जिल्ला समन्वय समितिको टिम बिहीबार सोही पालिकामा योजना अनुगमना गर्न गएको थियो । 

 

यसैबिच वडा अध्यक्ष पौडेलमाथि हातपात भएको भएकोमा आपत्ति जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै खाँडादेवी गाउँपालिकाले यो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । साथै पालिकाले उत्सिङ्खल गतिविधि गर्ने समूहलाई कानुनी दायरामा ल्याइ कडा कारबाही गर्न माग गरेको छ । 

पालिकाले जारी गरेको प्रेस विज्ञप्ति 

यता जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले वडा अध्यक्ष माथि हातपात भएको जानकारी यमिन नभएको तर उनका मोटरसाइकलमा सामान्य क्षति पुर्‍याउने एक जनालाई नियन्त्रणमा लिएको रामेछाप टाइम्सलाई बताए । पक्राउ परेकाको स्वास्थ्य परीक्षणको लागि पठाइएको बताए  ।

 

मैले त्यस्तो कुराको पछि लागेर हिड्ने छु भन्ने वडा अध्यक्षले सुहाउँदैन किन यस्तो भन्नु भयो उहाँको कुरा हो 

यता वडा अध्यक्षले आफूलाई हातपात गर्न स्थानीयहरूलाई उक्साएको आरोप लगाएपछि जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की) ले भने अनुमानको भरमा गलत कुरा नगर्न आग्रह गरेकी छन् । उनले रामेछाप टाइम्संग कुरा गर्दै आफू सबैको भलो होस् भन्ने पक्षमा रहेको सुनाउँदै हुँदै नभएको कुरा गरेर यस्तो झुटो आरोप नलगाउन आग्रह गरिन् । 

 

उनले भनिन् ‘हामी ८ वटै स्थानीय तहको अनुगमन गर्ने क्रममा बिहीबार खाँडादेवी गएका हौँ । योजना अनुगमन गरेर फर्किँदा बाटोमा त्यहाँका स्थानीयहरुसंग गाडी रोकेर केही  छिने कुरा भएको हो । त्यसमा सामान्य कुरा कानी मात्रै भएको छ । त्यति बेला खाँडादेवीको प्रहरी पनि हुनुहुन्थ्यो । हाम्रो टिम थियो । स्थानीयहरूले गुनासो भने सुनाए । हामीले सुन्यौँ । त्यति हो । कसैलाई उचाल्ने त्यस्तो काम मबाट हुँदैन । त्यो किन भन्नुभयो उहाँलाई थाहा होला ।’ 

 

उनले थपिन् ‘मसबै ठाउँका जनताले सेवा पाउन भन्नेर समन्वय गर्ने काम हो । अध्यक्षलाई पहिले देखिनै विरोध भएको हिसाबले मैले सबैलाई पायक पर्ने ठाउँमा बनाउनुहोला भनेको हो । पालिका अध्यक्षसँग पनि यही विषय राखेकी छु । अन्य केही छैन ।’

 

वडा अध्यक्षले लगाएको कुरा आफूले सोच्दा पनि नसोचेको बताउँदै त्यसको पछि आफू नलाग्ने स्पष्ट पारिन् ।   

यो पनि पढ्नुहोस्

पकरबास वडा कार्यालय निर्माण जटिल बन्दै स् स्थानीयको चर्को बिरोध, तयार पारेको ‘लेआउट’ भत्काइदिए
 

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));