अनेरास्ववियु रामेछापले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला (भिडिओ/फोटो)

| जेठ १९, २०८० शुक्रबार

A A A
A A A

१९ जेठ, रामेछाप । नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) रामेछापले नागरिकता विधेयक पास पारित गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । 

 

बिहीबार साँझ अनेरास्ववियुले सदरमुकाम मन्थली देवकोटा चोकमा नाराबाजी सहित निकालेको राँके जुल सहित पुत्ला दहन गरेको हो । मन्थली बजारमा प्रदर्शन गरी देवकोटा चोकमा कोण सभा गरेको अनेरास्ववियु रामेछापका संयोजक मदन खड्काले सो विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताए । राष्ट्रघाती विधेयक इण्डियालाई खुसी पार्न प्रधानमन्त्रीको भारत भ्रमणको अघिल्लो दिन ल्याएको उनको आरोप छ । 

 

उनीहरूले सरकार र राष्ट्रपतिको चर्को विरोध गर्दै नारा लगाएका थिए । 

 

तस्बिर सामाजिक संजाल ।