भैरवी मावि सुनारपानीका ‘पूर्व विद्यार्थी ब्याच’ले शिक्षकलाई सम्मान र विद्यार्थीलाई ट्याक सुट प्रदान गर्‍यो

| भदौ ३१, २०८० आइतबार

A A A
A A A

३१ भदौ, रामेछाप । भैरवी माध्यमिक विद्यालय सुनारपानीका एस.एल.सी प्रथम ब्याच–२०६३ ले विद्यालयका शिक्षकलाई सम्मान गरेको छ । सोही विद्यालयका विद्यार्थीहरूलाई ट्याक सुट वितरण पनि गरेको छ । 

 

शनिवार विद्यालयमा एक कार्यक्रम बिच पूर्व विद्यार्थीको समितिले विद्यालयका नौ जना शिक्षकलाई सम्मान पत्र र मायाको चिनो दिएर सम्मान गरेको पूर्व विद्यार्थी एवं कार्यक्रम संयोजक चन्द्र प्रकाश आचार्यले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘९ जना शिक्षकलाई सम्मान र २६२ जना विद्यार्थीलाई ट्याक सुट वितरण गरेका हौँ ।’

 

सम्मान गरेका शिक्षकहरू २०६२ ब्याचलाई अध्ययन गराउनेहरू नै रहेको बताइएको छ । भैरवी मावि मन्थली नगरपालिका वडा नं ५ मा रहेको छ ।  

 

सो वडाका वडा अध्यक्ष रविन कार्की (नवीन) सहितको उपस्थितिमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, नेपाली हिन्दु धर्मवालम्वी महिलाहरूको हरितालिका तीज, संविधान दिवस २०८० लगायतको शुभकामना समेत आदान प्रदान गरिएको थियो । साथै सांस्कृतिक कार्यक्रम समेत भएको छ । 

शिक्षकलाई सम्मान र विद्यार्थीलाई सामाग्री प्रदान गरेर विद्यालयको शैक्षिक गुणस्तर र शिक्षकहरूलाई हौसला प्रदान गर्न पूर्व विद्यार्थी समाजले निकै महत्त्वपूर्ण भूमिका खेलेको भन्दै वडा अध्यक्ष नवीन कार्कीले आगामी दिनहरूमा पनि समग्र वडाको विकासको लागि सबैको साथ र सहयोग यसरी नै पाउनु पर्ने धारणा व्यक्त गरे । 

शैक्षिक सुधारको लागि अग्रसर बन्दै गरेको जिल्ला सदरमुकाम मन्थली नजिकै रहेको यो माविमा पछिल्लो समय शैक्षिक गतिविधि आधुनिक र प्राविधिक तरिकाले हुनै आएको छ ।

जिल्लामै पहिलो ‘प्लास्टिक मुक्त’ यो विद्यालयमा वडाले पनि शैक्षिक सुधार नै आजको महत्त्वपूर्ण आवश्यकता रहेकोमा जोड् दिँदै गुणस्तरीय शैक्षिक गतिविधिलाई प्राथमिकता दिई रहेको छ ।