लुक्लामा मौसम खराब हुँदा मन्थली–लुक्ला उडान बिहानै देखि ठप्प, यात्रु मन्थलीमै अलपत्र (फोटोफिचर)

| बैशाख २३, २०८१ आइतबार

A A A
A A A

२३ वैशाख, रोमछाप । सोलु खुम्बुको लुक्ला विमानस्थलमा मौसम आएको खराबीको कारण मन्थली–लुक्ला उडान अवरुद्ध भएको छ । आज बिहान एक पटक बाहेक जहाज लुक्ला जान सकेका छैनन् । उडान अनिश्चित हुँदा यात्रु भने मन्थली विमानस्थलमा अलपत्र भएका छन् ।  

 

‘आइतबार बिहानै देखि लुक्लामा वेदरमा प्रवलम् आएपछि एउटा उडान बाहेक उडान हुन सकेको छैन’, रामेछाप विमानस्थलकी एयर ट्राफिक कन्ट्रोलर पूजा थापाले रामेछाप टाइम्ससंग भनिन् । दैनिक २०/२५ वटा सम्म उडान हुँदै आएकोमा एक्कसी मौसममा आएको खराबीको कारण उडान नहुँदा मन्थली विमानस्थलमा झण्डै डेढ सय हाराहारीमा यात्रु रोकिएका छन् । 

 

लुक्लाको भिजिबिलिटी कम हुँदा विमान उडान अवतरण ठप्प भएपछि तारा र समिट एयरलाइन्सका विमान मन्थली विमानस्थलमै रोकिएका छन् । 

 

मन्थली विमनास्थल आसपासका क्षेत्रमा पनि बिहानै देखि बाक्लो तुँवालो लागेको छ । दैनिक जसो लागिरहेको वन डढेलो र पानी नपर्दा मन्थलीसहित जिल्लाका सबै ठाउँमा बाक्लो तुँवालो बसेको छ । 

 

यसरी रोकिएका यात्रुलाई ९एन–एकजी हेलिकप्टरले चार्ट उडान मार्फत यात्रु लुक्ला पुर्याइ रहेको छ । वसन्त याम सुरु भयसँगै विश्वकै सर्वोच्च शिखर सगरमाथा भ्रमण गर्ने पर्यटकहरू बिपी राजमार्ग हुँदै मन्थली सम्म गाडीमा आएर मन्थली विमानस्थलबाट लुक्ला उडान हुँदै आएको छ ।