संविधान दिवसको खुसीयालीमा साँझ घर–घर, चोक सहित जिल्लाका अधिकांश ठाउँमा दीप प्रज्वलन (फोटोफिचर)

| असोज ४, २०८० बिहिबार

A A A
A A A

४ असोज,  रामेछाप । देश व्यापी रूपमा बुधवार मनाइएको आठौँ संविधान दिवसको अवसरमा साँझ दीप प्रज्वलन गरिएको छ । रामेछापका सबै स्थानीय तह, सरकारी कार्यालय सहित नागरिकहरूको सक्रियतामा विभिन्न चोकमा सामूहिक दीप प्रज्वलन गरिएको हो । 

 

जिल्ला सदरमुकाम मन्थलीमा सरकारी कार्यालयहरू, प्रशासने कार्यालय परिसरमा दीप बालेका छन् ।  जिल्ला समन्वय समितिले पनि कार्यालय परिसरमा दीप बालेको छ । भने नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले छुट्टा छुटै दीप प्रज्वलन गरेका छन् । त्यस्तै धेरैले घर–घरमा समेत दीव प्रज्वलन गरिएको छ । 

जिल्ला समन्वय समिति रामेछापमा गरिएको दीप प्रज्वलन, तस्बिर अप्रिल अधिकारी ।

त्यस्तै उता उमाकुण्ड गाउँपालिकाले पालिकाको प्रागणमा बुधवार नेपालको चुच्चे नक्सा बनाएर साँझ दीप प्रज्वलन गरेको छ । 

 

त्यस्तै दोरम्बा शैलुङ, सुनापति, खाँडादेवी, लिखु तामाकोशी र गोकुलगंगा गाउँपालिकाले पनि देशको पछिल्लो पटक लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सा बनाएर सामूहिक रूपमा दीप प्रज्वलन गरेका छन् । 

दोरम्बा शैलुङ गाउँपालिकाको दीप प्रज्वलन, तस्बिर पालिकाको फेस्बुक पेज ।

यता जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका र पुरानो सदरमुकाम रहेको रामेछाप नगरपालिकाले पनि कार्यालय परिसरमा दीप प्रज्वलन गरेका छन् । २०७२ सालको असोज ३ गते नेपालको संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ लाई भव्यताको साथ मनाइँदै आइएको छ । 

उमाकुण्ड गाउँपालिकाले दीप प्रज्वलन गर्न तयार पारेको देशको चुच्चे नक्सा, तस्बिर जित नारायण श्रेष्ठ ।

बुधवार जिल्ला प्रशासनको नेतृत्वमा संविधान दिवसको कार्यक्रम हाल सम्मकै सबै भन्दा धेरै जनसहभागितामा सम्पन्न भएको थियो । 

लिखु तामाकोशी गाउँपालिकाको दीप प्रज्वलन,तस्बिर पालिकाको फेस्बुक ।

 

अनेरास्ववियु रामेछापले देवकोटा चोकमा गरेको दीप प्रज्वलन, तस्बिर अनेरास्वियु फेस्बुक  ।

 

यो संविधान दिवस मनाइएको भिडिओ पनि हेर्नुहोस्