बाम्तीभण्डारको प्रचार गर्ने उद्देश्यले ‘दुई पाङ्ग्रे क्वीन्स’ले काठमाडौँ देखि बाम्ती सम्म ‘लेडी’ बाइक राइडर गर्दै (फोटोफिचर)

| असोज १०, २०८० बुधबार

A A A
A A A

१० असोज, रामेछाप । रामेछापको बाम्तीभण्डारको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक ‘दुई पाङ्ग्रे क्वीन्स’ ले मोटरसाइकल यात्रा (बाइक राइडर)  गर्ने भएको छ । यो कार्यक्रममा सबै महिला/लेडीहरुले सहभागिता जनाउने छन् । कार्यक्रम असोज १२ गतेदेखि १४ गतेसम्म दुई दिने हुने छ । सोही कार्यक्रम उमाकुण्ड २ मा रहेका बिद्यालयहरूलाई खेलकुद सामग्री पनि वितरण गर्ने तयारी रहेको जानकारी गराइएको छ । 

 

‘घर देखि सहर’ भन्ने मूल नाराको साथ महिला/लेडी ‘बाइक राइडर’ ले काठमाडौँदेखि–दोलखाको जिरी–रामेछापको शिवालय–देउराली हुँदै उमाकुण्ड गाउँपालिकाको वडा नं २ बाम्तीभण्डार शोतर्मू सम्मको यात्रा तय गरेको वडा टोल सुधार समितिले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 

देउराली शेर्पा हिल टप/एकनागी

उताबाट पहिलो पटक आउन लागेको ‘बाइक राइडर’ टोलीलाई हामी यहाँ स्वागत सहितको कार्यक्रमको तयारी गर्दैछौं सोतर्मु टोल विकास समितिका अध्यक्ष गजेन्द्र बहादुर बस्नेतले रामेछाप टाइम्ससंग भने ।   

लुँबुँ स्थित बौद्ध, स्तुप

सगरमाथा प्रवेशद्वारको पैदल मार्ग समेत रहेको बाम्तीभण्डार प्राकृतिक सौन्दर्यले भरिपूर्ण वडा हो । धार्मिक तथा पर्यटकीय दृष्टिले निकै महत्त्व बोकेको यस वडाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन राइडर गर्न लागिएको हो ।  

 

वडामा पहिलो पटक हुन लागेको ‘लेडी’ ‘बाइक राइडर’हरुको यो यात्राले वडा भित्र रहेका धार्मिक तथा पर्यटकीय ठाउँको प्रचार प्रसार हुने विश्वास लिएको स्थानीय जीवन घतानेले रामेछाप टाइम्सलाई बताए । ‘यो राइडर यात्राले यहाँको ओझेलमा परेका प्रचारप्रसार गर्ने ठाउँको प्रचार गर्ने छ । विशेष गरी यहाँ अवस्थित शेर्पा हिलटप (एकनागी), थोदुङ गुम्बा परिसर,  फाक्सिङ् डाँडा लगायत विभिन्न मठ मन्दिरहरूको प्रचारप्रसार तथा पर्यटकीय सम्भावना बोकेका ठाउँको यो कार्यक्रम मार्फत प्रचार हुँने छ । 

माहादेब शिव मन्दिर सेर्दुगाउ, बाम्तीभण्डार

उमाकुण्ड गाउँपालिकाकै चर्चित पर्यटकीय क्षेत्र बाम्तिण्डारमा लुबु बजार, लुबुँ मन्दिर, फाक्सिङ डाँडा, रत्न ज्योति बजार, थोदुङ गुम्बा, बौद्ध, स्तुपाको लगायत चर्चित ठाउँ छन् । वडामा अवस्थित यी ठाउँहरूको अध्ययन र प्रचार गर्ने उद्देश्यले कार्यक्रम तय भएको ‘राईड’ टोली प्रमुख तुलसा पहाडीले बताइन् । 

महिला/‘लेडी’हरूबाट हुने यो ‘बाइक राइडर’ लामो यात्रा तय गरेकाले विभिन्न ठाउँको पर्यटन प्रवर्द्धन गर्न विशेष भूमिका खेल्ने स्थानीय जीवनको विश्वास छ । 

थोतुङ गुम्बा

उनले थपे ‘नेपाली समुदायको परिवेशमा हेर्दा महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रमहरू देख्न सुन्न र रमाउन पाइन्छ । तर,बाइक राइडर जोखिम सहितको यात्रा हुँदा सकरात्कम हो । ओझेलमा परेका विभिन्न शृङ्खलाको रमणीय दृश्य अवलोकनका साथै (Tourism Promotion through Motorcycling र Women on Wheels) को अवधारणालाई अगाडि बढाउन विश्वास पुग्ने छ । साथै एक तह माथि उठाउन लेडी राइडर (Lady Riders) हरू एकताबद्ध भएको र महिलाहरू पनि सक्षम छन् भने सन्देश समेत प्रवाह हुन्छ । यो हाम्रो लागि गौरवको विषय हुन्छ ।’

आउँदो असोज १२ गते काठमाडौँबाट सुरु भएर १४ गते बाम्तीमा आएर ‘दुई पाङ्ग्रे क्वीन्स’ बाइक राइडर सकिने छ । यसमा देशभरिका २०–२५ जना महिला÷लेडी ‘बाइक राइडर’हरू समावेश हुने छन् । 

थोतुङ गुम्बा

यसको लागि वडा कार्यालय सहित १२ वटा टोल विकास संस्था र अन्य विभिन्न संघ संस्था समेतको सहकार्यमा कार्यक्रमको तयारी भइरहेको त्यहाँ युवा घतानेले जानकारी गराए । 

देउराली बजार

यसै विषमा रामेछाप टाइम्सले सोही वडाका वडा अध्यक्ष खम्बधोज बस्नेतलाई तपाईँको वडामा ‘लेडी’ बाइक राइडरहरुले प्रचारप्रसारमा टेवा पुर्‍याउन लागेछन् भन्ने प्रश्नमा ‘वडा अध्यक्ष बस्नेतले प्रचारप्रसारमा टेवा पुर्‍याउन राम्रो भएको बताए । 

भण्डार बौद्ध, तस्विर सबै जीवन घताने/रामेछाप टाइम्स