रामेछाप प्रहरी दिवस यसरी मनाइयो (फोटोफिचर)

| असोज ३०, २०८० मंगलबार

A A A
A A A

३० असोज, रामेछाप । ६८ औँ प्रहरी दिवसको अवसरमा रामेछाप प्रहरीले पनि विविध कार्यक्रम गरी मनाएको छ । प्रहरी दिवसको अवसर पारेर यस अगाडि सम्पन्न विभिन्न खेल र प्रतिस्पर्धामा विजेता हुनेलाई पुरस्कार, अमर प्रहरीका परिवारलाई सम्मान, उत्कृष्ट प्रहरी पुरस्कृत गर्दै दिवस मनाएको हो । 

 

मङ्गलवार जिल्ला प्रहरी परिसरमा प्रहरी नायव उपरीक्षक (डिएसपी) होमबहादुर पराजुलीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी  (सिडिओ) अनिता निरौलाको प्रमुख आतिथ्येतामा कार्यक्रम गरी दिवस मनाइएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी निरौलाले माल्यार्पण र श्रद्धाञ्जली अर्पण गरिन्। साथै नेपाल प्रहरीले गरिरहेको कामलाई गरौवका साथ सम्मान गर्ने बताइन् । 

  

नेपाल प्रहरीले दिएको शान्ति सुरक्षाकै कारण आम नागरिक शान्ति पूर्ण तरिकाले बस्न सफल भएको उल्लेख गर्दै प्रहरी दिवसको नाराले त्यो कुरालाई बोलेको बताइन् । ‘तपाईहरुले सेवा प्रवेश गर्दै गर्दा खाएको सपथलाई निरन्तर निर्वाह गर्नु भएको छ । आफूलाई गर्वका साथ नेपाल प्रहरी हुँ भन्न सक्ने गरी काम गर्नु भएको छ र भोलिका दिनमा पनि निरन्तर गर्नु हुने छ ।’

 

उनले अन्य व्यक्तिहरूसँग पनि साझेदारी गर्दै अगाडी बढी रहेको भन्दै यसलाई बढाउँदै लैजान आग्रह गरिन् । 

 

त्यस्तै जिल्ला प्रहरी प्रमुख (डिएसपी) पराजुलीले अमर प्रहरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सङ्गठनको उत्कृष्टताको प्रदर्शन गर्नेहरूको सम्मान गर्दै भने ‘हामी वर्तमान प्रहरीहरू उहाँहरूको प्रति अनुग्रहित छौँ ।’ 

 

डिएसपी पराजुलीले सङ्गठनको नीति र परिधि भित्र रहेर यसको वृद्धि, विकास र जनताको सेवामा लाग्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा प्रहरी दिवसको अवसरमा भएका विभिन्न खेलकुदका विजेतालाई नगद पुरस्कार प्रदान गरिएको छ ।

 

तस्बिरहरु हेर्नुहोस्