विपी स्मृति भवन मन्थलीमा काँग्रेस रामेछापको महासमिति निर्वाचन केन्द्रित बैठक जारी (तस्बिरहरु)

| मंसिर १७, २०८० आइतबार

A A A
A A A

१७ मंसिर, रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको २१ औँ बैठक अहिले पनि जारी छ । आजको यो बैठक महासमिति सदस्य चयनको लागि निकै महत्त्वपूर्ण मानिएको छ । साथै कार्यकर्ताले चासोका साथ हेरिरहेका छन् । 

 

 

पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा जारी बैठकमा महासमिति सदस्य चयन (निर्वाचन) मा केन्द्रित छ । बैठक आइतबार दिउँसो करिब १ ः ३० बजेदेखि सुरु भएको २ नं क्षेत्रीय सभापति राजेश कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छारामको अध्यक्षतामा जारी बैठकमा नेताहरूले आ–आफ्नो धारणा राखी रहेका छन् ।

 

 

यस अगाडि निवर्तमान पार्टी सभापति लवश्री न्यौपानेको संयोजकत्वमा समिति गठन गर्दै आज (आइतबार १७ गते) सम्म महासमिति सदस्यको सहमतिमा टुङ्गो लगाउने निर्णय गरेको थियो । तर, सो समितिले सहमतिमा सदस्य टुङ्गो लगाउन सकेको छैन । 

 

काठमाडौँमा उक्त समितिले डाकेको सहमतिको आधारको छलफलमा नेताहरूले निर्वाचन मिति सार्नु पर्ने माग गरेका थिए । भने, निर्वाचन नै हुने स्थिति देखिने गरी नेताहरूले धारणा राखेको बुझिएको छ । 

 

 

आजको बैठकले निर्वाचनको मिति आगामी पुस ६ गतेदेखि १५ गतेलाई केन्द्रित गरेर सार्न सक्ने दाबी गरिएको छ । 

तस्बिरहरु पार्टी सचिवालय ।