रामेछाप प्रशासनले ‘निषेधित क्षेत्र’ तोकेको आज २ महिना पूरा

| चैत १४, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

१४ चैत, रामेछाप । गएको माघ १४ गते जिल्ला प्रशासन कार्यालय रामेछापले ‘प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश’ भन्दै दुई महिना लामो निषेधित क्षेत्र तोकेको थियो । बुधवार दुई महिना पूरा भएको छ ।

 

जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका स्थिति जिल्ला प्रशासन कार्यालयको मुख्य प्रशासनिक केन्द्रलाई आधार मानेर प्रशासन प्रवेश मार्ग क्षेत्रमा भेला, अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू नगर्न भन्दै निषेधित क्षेत्र तोकेको थियो । त्यस अगाडि प्रशासनको गेटमै बिनु यादव ६ दिनदेखि धर्नामा बसेकी थिइन् । 

 

नेपाली काँग्रेस रामेछापसहित उसका भातृ संगठन र सर्वसाधरणहरुले समेत प्रशासनले बिना कारण दुई महिना लामो निषेधित क्षेत्र तोकिएको भन्दै विरोद्ध जनाएका थिए । 

प्रशासनको गेटमा धर्नामा बसेकी बिनु यादव, तस्बिर फाइल 

 

नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछाप २४ घण्टा भित्र फिर्ता लिन भन्दै प्रशासनलाई अल्टिमेटम समेत दिएको थियो । 

 

प्रशासनले भने निषेधित क्षेत्र तोकिएको क्षेत्रमा पनि प्रशासनसँगको सहमति र समन्वयमा भेला, विरोध र जनहितका विषयमा आन्दोलन गर्न रोक ठोक नलगाएको तर व्यक्तिगत मुद्दालाई लिएर गेटमै धर्ना बस्ने जस्ता गतिविधिले प्रशासनको सेवा प्रवाहमा असहज हुने भन्दै त्यस्ता गतिविधि विरुद्ध रोक लगाएको दाबी गरेको थियो । 

 

प्रशासनले तोकेको अवधि आज पूरा भए पनि अब थप के गर्न भन्ने बारेमा प्रशासनले पछिल्लो पटक कुनै धारणा सार्वजनिक गरेको छैन । 

 

विश्वभर फैलिएको कोरोना महामारीको संक्रमणको विशेष परिस्थिति बाहेक जिल्ला प्रशासन कार्यालय रामेछापमा पहिलो पटक यसरी निषेधित क्षेत्र तोकिएको हो।

यो पनि पढ्नुहोस् ।

‘निषेधित’ क्षेत्रबारे जिल्ला प्रशासन रामेछापको अर्को आदेश : भन्यो ‘सिडिओको आदेशबाट दुबिधा भएछ’

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));