लुक्लामा मौसम खराब हुँदा बिहानै देखि मन्थली–लुक्ला उडान ठप्प, दुई सय बढी पर्यटक मन्थलीमा रोकिए

| चैत १६, २०८० शुक्रबार

मन्थली विमानस्थल । तस्बिर फाइल ।
A A A
A A A

१६ चैत, रामेछाप (मन्थली)। लुक्लामा मौसममा आएको खराबीको कारणले मन्थलीमा झण्डै दुई सय यात्रु रोकिएका छन् । आज उडान हुने सम्भावना नरहेको रामेछाप विमानस्थलको भनाई छ । 

 

रामेछाप विमान स्थल कार्यालय मन्थलीले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार शुक्रवार बिहान ८ बजेदेखि नै उडान ठप्प भएको हो । 

 

‘सोलु खुम्बुको लुक्ला विमानस्थलमा भिजिबिलिटी कम हुँदा सिता, तारा र समिट एयरका विमान रामेछाप (मन्थली) ग्रउन्डमै राखिएको छ’, विमान स्थलका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईँले रामेछाप टाइम्ससंग भने । 

 

केही दिनयता मौसममा आएको खराबीको कारण नियमित सहज उडान हुन सकिरहेको छैन । भिजिबिलिटी कम भएपछि अहिले रामेछाप विमानस्थलबाट हेलिकप्टरले  चार्टर उडान गरिरहेको छ । 

 

‘यहाँबाट हेलिले सुर्के उडान गरिरहेको छ । दुई सय जना भन्दा बढी यात्रु यही रोकिएका छन् । आज उडान हुने सम्भावना कम छ । मन्थलीमा कुनै समस्या छैन । लुक्लाको मौसमले समस्या भएको हो’, उनले भने । 

 

दिउँसो १ ः १५ बजे रामेछापको आकाशमा हेलिकप्टरको चार्टर उडानहरू मात्रै भइरहेको छ । 

 

गत मार्च २५ तारिकदेखि रामेछाप विमान स्थल (मन्थली–लुक्ला) उडान सुरु भएको थियो । सगरमाथा लगायत प्रवेश गर्ने पर्यटकहरू मन्थली सम्म गाडीमा ल्याएर यहाँबाट उडान हुँदै आएको छ । 

 

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));