लिखु–२ः सुरुङ चुहिएर बस्तीभरि पानीका भुल्का, तीन दिनमा समस्या हल गर्ने सहमतिपछि खोले स्थानीयले आयोजनाको ताला

| जेठ १२, २०८० शुक्रबार

लिखु २ को निर्माणाधीन आयोजना भवन स्थल, तस्बिर फाइल
A A A
A A A

१२ जेठ, रामेछाप । रामेछाप र सोलु खुम्बु जिल्लाको सीमा भएर बहने लिखु नदीमा निर्माणाधीन जलविद्युत आयोजना लिखु–२ को पानी सुरुङ चुहिएको बस्तीका विभिन्न ठाउँमा निस्किएपछि १५ दिन अगाडि लगाइएको ताला खुलाउन  स्थानीय सहमति बनेका छन् । करिब १५ दिन अघिदेखि सुरुङमा हालेको पानी चुहिएर त्यहाँको एक दर्जन भन्दा बढी ठाउँ–ठाउँबाट निस्किएपछि आफूहरू प्रभावित भएको भन्दै त्यहाँका स्थानीय बासिन्दाले आयोजनाको कार्यालयमा तालाबन्दी गरेका थिए । 

 

सो ताला शुक्रवार रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला,सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरे सहित तीन वटै सुरक्षा निकायका प्रमुखको टोलीले प्रभावित क्षेत्रका स्थानीयसँग छलफल गरे पछि आइतबार सम्मको लागि ताला खुलाउन सहमति दिएको प्रमुख जिल्ला अधिकारी निरौलाले रामेछाप टाइम्सलाई जानकारी दिइन् । ‘हामीले करिब ३ घण्टाको स्थलगत अनुगमन र छलफल पछि आइतबार सम्म समस्या समाधान गर्ने टुङ्गोमा पुग्ने सहमतिमा ताला खुलाउन सहमति दिनुभयो ।’

पानी चुहिएको क्षेत्रको अवलोकन गर्दै 

उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको साविवको वडा नं ७ पेकरनासका ४२ घरपरिवार सो आयोजनाको सुरुङबाट चुहिएको पानीबाट प्रत्यक्ष पीडित बनेका छन् । (सिडिओ) निरौलाले भनिन् ‘विज्ञको टोलीले पनि अनुसन्धान गर्दै छ । प्ररम्भीक हाम्रो निष्कर्ष सुरुङकै पानी चुहिएको पुष्टि हुन्छ । स्थानीयले आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण र केही दिनको लागि सुरुङको पानी सुकाउन माग गरेका छन् । त्यो माग पुरा हुने भएपछि सहमति भयो ।’

 

(सिडिओ) निरौलाका अनुसार स्थानीयहरूले सुरुङको पानी चुहिएको हो या होइन पुष्टि गर्न सुरुङको पानी केही दिन सुकाउनु पर्ने माग गरेका हुन् । ‘सुरुङमा पानी हालेपछि  जताततैबाट पानीको मूल फुटेको छ । कुलो बनेको छ । पहराहरूबाट पानी झरेको छ । खोला र खोल्सी परेको स्थानमा खोला नै बगेको हो ।’

लजविद्युत आयोजनाको ड्याम क्षेत्र, तस्बिर फाइल

एम भी दुगर्ड कम्पनीले निर्माण गरेको लिखु–२ आयोजनाले परीक्षणका लागि सुरुङमा पानी हालेको थियो । त्यसपछि गाउँभरि जताततैबाट पानी निस्किएपछि स्थानीय पीडित बनेका छन् । उनीहरू आफूहरूको सुरक्षाको माग गर्दै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् । तर स्थानीयको माग आयोजनाले सुनेको नसुनेकै गरिरहेको छ । 

 

गाउनै पानीले जल थल भएपछि पालिका गुहारेका स्थानीयहरूको माग जायज रहेको भन्दै मन्त्रालयबाट तीन दिन अगाडि विज्ञ सहितको प्राविधिक टोली मगाएर सो ठाउँको समस्या बारेमा अनुसन्धान भइरहेको छ । 

पालिकाका अध्यक्ष शेरबहादुर सुनुवार पनि केही दिन अगाडि सुरुङ चुहिएको स्थान अवलोकन गर्दा यसअघि कहिल्यै पनि पानी नभएको स्थानमा मूल फुटेको र हरेक दिन पानीको मात्रा बढ्दै गएकोले सुरुङबाटै पानी चुहिएको बताउँछन् । 

 

विगतमा पानी पलाउने खोल्सामा मात्र नभई पहराबाट पनि पानी झरेकोले स्थानीयको त्रास स्वाभाविक रहेको सुनुवारले बताए । ‘पेकरनास क्षेत्रमा रुवावासी छ, स्थानीयको निन्द्रा हराएको छ,’ सुनुवारले भने, आयोजनाले टेरेको छैन ।

 

स्थानीय ईश्वरी कार्की सुरुङ भन्दा तल पर्ने गाउँमा कुनै पनि बेला सुरुङ फुटेर ध्वस्त बनाउने पो हो कि भन्ने त्रासमा आफूहरू बस्नु पर्दा समेत सम्बन्धित निकायबाट कुनै चासो नभएको गुनासो गरिन् । ‘गाउँमा सबैको रुवावासी छ, आयोजना पक्ष टसमस भएको छैन’ कार्की भन्छिन्, ‘अहिले भित्रबाट सुरुङ टालेर पानी सुकाए पनि भोलिका दिनमा फेरि फुट्ला भन्ने पिरलो छ ।’

भिडिओमा हेर्नुहोस् 

 

लिखु जलविद्युत सम्बन्धि यो पनि पढ्नुहोस्
उमाकुण्डमा ‘दुगड् हाइड्रो’ले उपचार गर्न चासो नदिँदा कामदारको ज्यान गयो, क्षेती पूर्ति दिन सक्दिनँ भनेपछि ३ दिन देखि शव उठेन, २८ दिने शिशुसहित परिवारको बिचल्ली
लिखु नदीमा निर्माणाधीन ‘हाइड्रोहरू’ले अटेर गर्दै नगरेका सामाजिक उत्तरदायित्वको काम तत्काल पूरा गर्ने निर्णय
लिखु नदीमा निर्माणाधीन हाइड्रोपावर, जनप्रतिनिधि र प्रशासनको छलफल : ३ बुँदे यस्ता निर्णय गर्‍यो (निर्णयसहित)

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));